Monday, May 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुरमा ‘फुसको छानो हटाउने अभियान’ सञ्चालन

रासस by रासस
पुस २६, २०८२
in विविध, समाचार
0
भोजपुरमा ‘फुसको छानो हटाउने अभियान’ सञ्चालन
59
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको रामप्रसादराई गाउँपालिकाले नागरिकको फुसको छानो विस्थापन गर्दै सुरक्षित आवास सुनिश्चित गर्ने उद्देश्यले ‘फुसको छानो हटाउने अभियान’ सञ्चालन गरेको छ ।

संघ सरकारबाट प्राप्त हुनुपर्ने बजेट समयमै नआएपछि गाउँपालिकाले आफ्नै स्रोतबाट बजेट विनियोजन गरी अभियानलाई निरन्तरता दिएको हो ।

संघीय सरकारअन्तर्गत सहरी विकास मन्त्रालयको फुसको छानो हटाउने कार्यक्रममार्फत यसअघि गाउँपालिकाका नागरिकले सम्झौता गरी घरको फुसको छानो हटाएर जस्तापाताको छानो फेरेका थिए ।

उक्त कार्यक्रमअन्तर्गत कुल ७४२ परिवारले सम्झौता गरेका थिए । तीमध्ये हालसम्म ६०१ परिवारले फुसको छानो हटाई जस्तापाताको छानो लगाएको सकेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आङलाक्पा शेर्पाका अनुसार छानो फेरेका ६०१ परिवारमध्ये हालसम्म ३०१ परिवारले मात्र भुक्तानी पाएका छन् भने बाँकी ३०० परिवार अझै पनि भुक्तानीको प्रतीक्षामा छन् ।

बजेट अभावका कारण भुक्तानी रोकिन जाँदा गरिब तथा विपन्न परिवार आर्थिक सङ्कटमा परेको उनले बताए ।

छानो फेरेर पनि भुक्तानी नपाउँदा नागरिक समस्यामा परेपछि गाउँपालिकाले विशेष पहल गर्दै ‘सुरक्षित नागरिक आवास व्यवस्थापन ऐन, २०८२’ पारित गरी आफ्नै बजेटबाट रकम भुक्तानी गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए ।

अध्यक्ष राईका अनुसार १८औँ विशेष गाउँसभाबाट रु एक करोड ५५ लाख २५ हजार बजेट विनियोजन गरी छानो फेरेका तर भुक्तानी नपाएका परिवारलाई रकम दिने निर्णय गरिएको हो ।

“संघीय सरकारमार्फत फुसको छानो हटाउने कार्यक्रम सञ्चालनमा थियो”, अध्यक्ष राईले भने, “सो कार्यक्रमअन्तर्गत नागरिकले सम्झौता गरेर घरको छानो फेरेका छन् । तर हालसम्म ३०० परिवारले रकम पाउन सकेका छैनन् । ती नागरिकलाई आर्थिक सङ्कटमा पर्न नदिन गाउँपालिकाले भुक्तानी प्रक्रिया सुरु गरेको हो ।”

विनियोजित बजेटबाट पहिलो चरणमा बाँकी ३०० परिवारमध्ये २०७ परिवारलाई रकम भुक्तानी गरिने उनले जानकारी दिए । गाउँपालिकाले गठन गरेको समन्वय समितिको निर्णयअनुसार गरिब, विपन्न तथा दलित परिवारलाई पहिलो प्राथमिकतामा राखेर भुक्तानी गरिनेछ ।

यसैगरी, सम्झौता गरेका तर संघीय सरकारबाट रकम नआएपछि आफ्नै स्रोतबाट छानो फेरेका ९३ परिवार र सम्झौता गरेका १४१ परिवारलाई घर बनाएपछि पनि क्रमशः भुक्तानी गर्दै जाने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले संघीय सरकारबाट सम्बन्धित कार्यक्रमको बजेट प्राप्त भएपछि हाल खर्च गरिएको रकम स्रोत भर्ना गरिने जनाएको छ ।

स्थानीय सरकारको सक्रियताले नागरिकको सुरक्षित आवास सुनिश्चित हुनुका साथै संघीय कार्यक्रमको कार्यान्वयनमा देखिएको समस्यालाई तत्काल समाधान गर्न भूमिका खेलेको स्थानीयको भनाइ छ ।

Tags: #भोजपुर#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’
भिजिट नेपाल

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

by रासस
बैशाख २०, २०८३
0

खोटाङ : नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् ।...

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ
समाचार

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार विराटनगर विमानस्थलबाट...

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

बैशाख २०, २०८३
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

बैशाख २०, २०८३
दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1547 shares
    Share 619 Tweet 387
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    619 shares
    Share 248 Tweet 155
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    388 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.