इटहरी : सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रदेश प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेल्वे धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान १७ का ४० वर्षीय अमित थापा मगरलाई १ ग्राम २० मिलिग्राम र १७ वर्षीय सुमन राइलाई ८० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।
अस्थायी प्रहरी पोष्ट चतराले बराहक्षेत्र १ चतरापुल स्थितबाट धनकुटाको सहिदभूमी २ का समीर राई र उदयपुरको बेलका ७ का रमेश राईको साथबाट प्रतिबन्धित औषधी १६० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post