विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शुक्रबारदेखि विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा हुने भएको छ ।
बिहीवार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो ।
फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले विराटनगर र कोशी प्रदेशकै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।
उनले प्रदेशमा पहिलो पटक नयाँ ढंगबाट सबैलाई समेट्ने तरिकाले प्रतियोगिता आयोजना गर्न विराटनगरमा क्रिकेटको लिग हुन लागेको बताए ।
प्रतियोगिताका मोरङका ८ वटा क्लबलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । लिगको आधारमा खेलाइने खेलमा दुवै समूहबाट टप हुने टिमबीच माघ १० गते फाइनल खेल हुने अध्यक्ष श्रेष्ठले बताए ।
प्रत्येक टोलीमा यु १६ का १ जना, यु १९ का २ जनाका साथै मोरङ जिल्लाबाहिर तर कोशी प्रदेशभित्रका अन्य जिल्लाको कम्तिमा २ जना र बढीमा ३ जना खेलाडी अनिवार्य राख्नुपर्ने प्रावधान बनाएको बताउँदै अध्यक्ष श्रेष्ठले भने, ‘विराटनगरको मात्रै नभई कोशी प्रदेशकै क्रिकेट खेलको विकास हुन्छ भन्ने अपेक्षा लिएर पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।’
कोशी प्रदेश क्रिकेट एसोसिएसनका अध्यक्ष सर्वजितराज पाण्डेले प्रदेशमा नवीनतम प्रयोग गर्न लागेको जानकारी दिए ।
उनले यो लिगमा विराटनगर वा मोरङकै मात्रै नभई कोशी प्रदेशका अन्य जिल्लाबाट प्रतिनिधित्व होस् भनेर सहभागी क्लबमा अन्य जिल्लाका खेलाडीको अनिवार्यता गरेका छौं ।
प्रतियोगितामा करिब दुई लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोतिामा समुह ए मा मिल्स क्रिकेट एकाडेमी, विराटनगर क्रिकेठ एकाडेमी, इलाइट क्रिकेट एकाडमी र विराटनगर क्रिकेट क्लव एकाडेमी रहने छ भने समुह बी मा लाइन्स क्रिकेट एकाडेमी, कटहरी क्रिकेट एकाडेमी, सिद्धार्थ क्रिकेट एकाडेमी र डाइनामिक क्रिकेट एकाडेमी रहजे आयोजकले जनाएको छ ।













Discussion about this post