Sunday, October 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

धरानको ‘गल्फ कोर्स’ खेल पर्यटनको केन्द्र बन्दै

रासस by रासस
माघ १५, २०८२
in खेलकुद, समाचार
0
धरानको ‘गल्फ कोर्स’ खेल पर्यटनको केन्द्र बन्दै
60
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फ प्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ ।

यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका खेलाडी मात्र होइन, पोखरा, काठमाडौँ र साथै यहाँ देश तथा विदेशी खेलाडीसमेत आउन थालेका छन् ।

यसले धरानमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको धरान गल्फ क्लबका अध्यक्ष हरिबहादुर राईले बताए ।

उनका अनुसार हाल यहाँ इङल्यान्ड, इटाली, फ्रान्स, अस्ट्रेलिया, सिङ्गापुर र युकेबाट पर्यटकहरू गल्फ खेल्न धरान आउने गरेका छन् ।

“धरान गल्फ क्लबमा ८० जना सदस्य छौँ । हाल दैनिक एक सयभन्दा बढी खेलाडी विभिन्न स्थानबाट गल्फ खेल्न आउने गरेका छन् । सन् १९६२ मा स्थापना भएको यो गल्फ कोर्सले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न पनि महत्त्वपूर्ण योगदान दिँदै आएको छ”, अध्यक्ष राईले भने ।

सुनसरी गल्फ सङ्घका अध्यक्ष तथा सिङ्गल ह्यान्डिक्याप खेलाडी जितेन्द्र राईले विगतमा गल्फबारे जानकारीको अभावका कारण खेलाडीको सङ्ख्या कम रहे पनि पछिल्लो समय आकर्षण बढ्दै गएको बताए ।

“गल्फ खेल्न सजिलो छैन, सिक्न समय लाग्छ, तर यो ‘जिरो इन्जुरी’ खेल भएकाले अहिले धेरैको चासो बढेको छ”,उनले भने, “मैले स्वास्थ्यका लागि सुरु गरेको यो खेल हाल जीवनको हिस्सा बनेको छ ।”

अध्यक्ष राईका अनुसार धरान गल्फ कोर्स नेपालमै उत्कृष्ट खेलाडी उत्पादन गर्ने अग्रणी संस्था बन्दै गएको छ ।

उनले भने, “पछिल्लो समय गल्फ खेल खेलाडीहरूका लागि आयआर्जनको माध्यमका रूपमा विकास हुँदै गएको छ । मैले पनि धेरै टुर्नामेन्टमा भाग लिएर सम्भावना छ भनेर उदाहरण पेस गरिरहेको छु । अरू पनि त्यो बाटोमा अगाडि बढिरहनुभएको छ ।”

धरानमा ब्रिटिस क्याम्प स्थापना भएपछि सन् १९६२ मा क्याम्प परिसरमै १८ होलको गल्फ कोर्स निर्माण गरिएको थियो । धरान ‘लाहुरेको सहर’ भनेर पनि चिनिन्छ ।

ब्रिटिस संस्था ‘नोफिल गिफ्ट’ ले स्थापना गरेको यो गल्फ कोर्स सन् १९६२ मा ब्रिटिस लाहुरेलाई हस्तान्तरण गरिएको गल्फ क्लबका सदस्य राजु राईले बताए ।

“सन् १९८९ जुलाईमा ब्रिटिस लाहुरेले क्याम्प छोडेपछि गल्फ कोर्स विस्थापित भएको थियो । पछि स्थानीयको बढ्दो चासो र सहयोगका कारण नयाँ सदस्य बनाएर पुनः सञ्चालनमा ल्याइएको हो”, उनले भने ।

नेपालमा गल्फ कोर्स सीमित छन् । पूर्वी नेपालमा धरानमै मात्र रहेको यो गल्फ कोर्सलाई ‘पूर्वको गहना’ का रूपमा लिइन्छ ।

यहाँ न्यूनतम शुल्कमा गल्फ खेलाइँदै आएको बताउँदै राईले गल्फको विकासका लागि सरकारले ध्यान आवश्यक रहेको बताए ।

गल्फ खेल शान्त रूपमा खेलिने भएकाले यसलाई ‘माइन्ड गेम’ समेत भनिन्छ । खेलाडीका अनुसार यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।

ढाड दुख्ने, जोर्नी तथा नसासम्बन्धी समस्या भएका व्यक्तिका लागि यो खेल लाभदायी मानिन्छ । गल्फ खेल्न उमेरको हदबन्दी नहुने भएकाले सबै उमेर समूहका लागि उपयोगी हुने खेलाडीको भनाइ छ ।

विसं २०७८ फागुनमा धरान गल्फ कोर्समा ड्राइभिङ रेन्ज र पार्किङस्थल निर्माणपछि व्यवस्थापनमा सहयोग पुगेको छ ।

धरान गल्फ क्लब र नेपाली सेनाको काली शक्ति इन्जिनियरिङ गणको सहकार्यमा निर्माण गरिएको संरचनाले व्यवस्थापनमा ठुलो टेवा पुगेको सुनसरी गल्फ सङ्घका अध्यक्ष राईले बताए ।

हाल धरान गल्फ कोर्समा महिनामा आधा दर्जनभन्दा बढी प्रतियोगिता सञ्चालन हुँदै आएका छन् ।

यही माघ १६ र १७ गते कोशी प्रदेश गल्फ सङ्घ र चिभास रिगलबीचको सहकार्यमा ‘चिभास रिगल इस्टर्न गल्फ टुर्नामेन्ट’ आयोजना हुने भएको छ ।

सो प्रतियोगितामा देशभरका ९० भन्दा बढी ‘एमेच्योर गल्फर’को सहभागिता रहने जनाइएको छ ।

Tags: #खेलकुद#धरान#राससगल्फधरान गल्फ क्लब
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
विविध

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

by रासस
कार्तिक १, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ...

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद
FEATURE BREAKING

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाएर राखिएको कटुवा पेस्तोल र एक राउन्ड गोली प्रहरीले बरामद गरेको...

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३
गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

अशोज ३१, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

अशोज ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

अशोज ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    281 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.