झापा : यहाँको भद्रपुर नगरपालिका–२ स्थित सगरमाथा चोकमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आइतबार साँझ बनियानीबाट पृथ्वीनगरतर्फ आउँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदलयात्री ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते हुनुभएका खरेललाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको थियो ।
प्रनाउ खड्काका अनुसार मृतक खरेलको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको छ ।
उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय अनुराग घोषको ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकलको पछाडि सवार २१ वर्षीय मन्दिप दङ्गालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post