इटहरी : इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त कारबाहीमा लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार सुनसरीको कोशी गाउँपालिका-१ र भोक्राहा नरसिंह गाउँपालिका-६ बाट धनकुटा नगरपालिका-९ का सुक्दिप राई र सहिदभूमी गाउँपालिका-४ का साजन राईलाई १० ग्राम ५२ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो।
त्यस्तै, सप्तरीका इश्वरप्रसाद भगतलाई ३ ग्राम ०४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ।
प्रहरीले पक्राउ परेकाहरुको थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।













Discussion about this post