Saturday, May 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

सिमसार अतिक्रमणले जलपंक्षी घटे, आहारा पनि कमी

रासस by रासस
माघ २२, २०८२
in पर्यावरण, विविध, समाचार
0
जाडो छल्ल नेपाल आएका चरा स्वदेश फर्किए
59
SHARES
Share on FacebookShare on Twitter

हरेक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपंक्षीको सङ्ख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपंक्षीको प्रजाति र सङ्ख्या घट्दो देखिन्छ । गत वर्ष सन् २०२५ को जलपंक्षी गणनाबाट प्राप्त तथ्याङ्कअनुसार नेपालमा ९४ प्रजातिका ९६ हजार ५६५ जलपंछी अभिलेखिकरण भएको थियो ।

सन् २०२६ को गणनाबाट ८९ प्रजातिका ९० हजार ६८८ वटा जलपंक्षी अभिलेख भएका छन् । त्यस भन्दा पनि अघिका गणनामा एक लाख बढी नै प्रजाति अभिलेख भएका थिए ।

वाटरल्याण्ड इन्टरनेशनलको सहकार्यमा भारतीय महाद्विपमा एसियास्तरीय जलपंक्षी गणना सन् १९८७ देखि सुरु गरिएको हो । गणनालाई सहयोग पुर्‍याउन नेपालले सन् १९८७ देखि जलपंक्षी गणनामा निरन्तर सहभागिता जनाउँदै आएको छ ।

अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरियालगायतका क्षेत्रबाट जलपंक्षी यस याममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्छन् ।

चिसो क्षेत्रबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा भारतको राजस्थानसम्म पुग्ने गर्छन् । फर्किँदा भने पाकिस्तान, अफगानिस्तानको बाटो प्रयोग गर्छन् ।

जलपंक्षी गणनाको मुख्य उद्देश्य बसाइँ सराई गर्ने र पानीमा बस्ने चराको प्रजनन् नहुने समयमा गणना तथा अनुगमन गरी सङ्ख्यासहित सिमसार क्षेत्रको अवस्थाबारे थाहा पाउनु, पानीमा बस्ने चरा र सिमसार क्षेत्रको महत्व, तिनको संरक्षण तथा व्यवस्थापनमा आम नागरिकलाई सहभागी तथा जानकारी गराउनु रहेको छ ।

यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व तथा नेपाल पंक्षीविद् सङ्घको संयोजनमा देशभरका १८ प्रमुख सिमसार क्षेत्र र सो अन्तर्गतका ७८ वटा साना क्षेत्रमा जलपंक्षी गणना गरिएको नेपाल पंक्षीविद् सङ्घका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौडेलले जानकारी दिए।

गणनामा ४११ स्वयंसेवक गणक (कर्मचारी, चराविद, प्रकृतिप्रेमी, स्वयंसेवी, नागरिक वैज्ञानिक)बाट पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङ्कलन गरी विश्व सिमसार दिवस (२ फेब्रुअरी)मा सार्वजनिक गरिएको थियो ।

सिमसार अतिक्रमणले जलपंक्षीको आहारामा कमी

कार्यकारी निर्देशक पौडेलले भने, “जलपंक्षीको सङ्ख्या विश्वमै कम देखिएको छ, नेपालमा पनि सिमसार क्षेत्रमा मानवीय गतिविधि बढेको, पूर्वाधार निर्माण बढेको, मिचाहा प्रजातिले ताल ढाकेको, कृषिमा रसायनिक मल र विषादीको प्रयोग बढेका कारण पनि जलपंक्षी यहाँ कम समय व्यतित गर्ने गरेका हुन सक्छन् ।”

विगतका वर्षमाझैँ यस वर्ष पनि कोशीटप्पु वन्यजन्तु आरक्ष र यस वरीपरी, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज र सो वरपर, धनुषाधामका तालतलैया र कमला नदी, हेटौँडा, काठमाडौँ उपत्यका, पोखरा उपत्यका, लुम्बिनी क्षेत्र, बिसहजारी ताल, घोडाघोडी ताल, रारा ताल, जगदीशपुर रिजभ्र्वायरलगायतका क्षेत्रमा जलपंक्षी गणना गरिएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।

जलपंक्षी गणनामा विभिन्न राष्ट्रिय निकुञ्ज/वन्यजन्तु आरक्ष/संरक्षण क्षेत्र कार्यालय, डिभिजन वन कार्यालय तथा सङ्घ संस्थाको सक्रिय सहभागिता थियो ।

निकुञ्ज विभागका सूचना अधिकारी हरिभद्र आचार्यले नदीनाला, तालतलैया र सिमसार क्षेत्रमा बढ्दो मानवीय गतिविधि तथा बढ्दो विषादी प्रयोगका कारण जलपंक्षीको आहारमा कमी आएको बताए । “सुरक्षित बासस्थान र आहाराको खोजी जलपंक्षीले नयाँ स्थान खोज्ने गरेको हुन सक्छ” उनले भने ।

वरिष्ठ इकोलोजिष्ट आचार्यका अनुसार नेपालमा पछिल्लोपटक मानवीय गतिविधिको अतिक्रमण र जलवायु परिवर्तनका असरले सिमसार क्षेत्रको क्षेत्रफल र गुणस्तर घट्दै गइरहेको छ । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्त्वपूर्ण बासस्थान हो ।

सिमसार क्षेत्रमा अव्यवस्थित रूपमा गरिने विकास निर्माणका पूर्वाधार, सिमसार क्षेत्र नजिक बढ्दो जनसङ्ख्या, बढ्दो प्रदुषण, फोहरमैला सोझै नदी र सिमसार क्षेत्रमा विसर्जन गर्ने प्रवृत्तिलगायत चुनौती थपिएको छ । यसले जलपंक्षीको बासस्थानको विनाश हुने गरेको पंक्षी संरक्षणकर्मी हिरुलाल डगौराले बताए ।

“कृषि बालीनाली अत्यधिक रसायनिक मल र विषादीको प्रयोग तथा माछा मार्न हुने विषादीको प्रयोगले जलपंक्षीका आहार कमी आएको छ । आहाराको खोजीमा जलपक्षी अन्यत्र जान सक्छन्,” उनले भने ।

पछिल्ला दिनमा सिमसारमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन्, पर्यटन प्रवर्द्धनका नाममा तालतलैयामा डुङ्गा सञ्चालन, भौतिक संरचनाको निर्माण र वनभोजजस्ता पर्यावरण प्रतिकूलतासमेत थपिएका पक्षी संरक्षणकर्मी डगौराको भनाइ छ ।

चराविद्का अनुसार यी जलपंक्षी यात्राका क्रममा बाटोमा पर्ने तालमा आराम गर्दै आउँछन् । तर क-याङकुरुङ सारस भने प्रतिकूल मौसमबाहेकको अवस्थामा निरन्तर सयौँ किलोमिटर उडेर यात्रा गर्छ । यी चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म चल्छ ।

चैतसम्म भने प्रायःचरा आफ्नो स्थायी बसोबासस्थलमा प्रजननका लागि फर्कने गर्छन् । नेपालमा हिउँदमा बसाइँसरी आउने पानी चरामा हाँस, जलेवा, गङ्गा चील आदि प्रजाति पर्छन् ।

Tags: #राससजलपंक्षी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीमा नयाँ अस्पतालभन्दा व्यवस्थापन सुधारको माग बलियो
FEATURE BREAKING

इटहरीमा नयाँ अस्पतालभन्दा व्यवस्थापन सुधारको माग बलियो

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १६, २०८३
0

इटहरी : इटहरीमा बहुविशेषज्ञ अस्पताल निर्माणको माग उठिरहे पनि सरोकारवालाहरूले स्वास्थ्य क्षेत्रको मुख्य समस्या नयाँ भवन नभई विद्यमान सेवाको कमजोर व्यवस्थापन...

सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या
समाचार

बोराभित्र महिलाको शव फेला, हत्या गरेर फालिएको हुन सक्ने

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १६, २०८३
0

झापा : झापामा बोराभित्र एक महिलाको शव फेला परेको छ । दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुल मुनि...

गुलाबी रङका फूलले सिमसार क्षेत्र मनमोहक, शङ्करबेलीमा पर्यटकको बढ्दो आकर्षण

गुलाबी रङका फूलले सिमसार क्षेत्र मनमोहक, शङ्करबेलीमा पर्यटकको बढ्दो आकर्षण

जेष्ठ १६, २०८३
कोशी प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीय उत्साहित

कोशी प्रदेशसभा अवरोध अन्त्यसँगै बजेट प्रक्रिया ‘ट्र्याक’मा 

जेष्ठ १६, २०८३
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक (पूर्णपाठ)

२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक (पूर्णपाठ)

जेष्ठ १५, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेशमा अब हप्ताको दुई दिन स्थानीय पोसाक अनिवार्य

जेष्ठ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा नयाँ अस्पतालभन्दा व्यवस्थापन सुधारको माग बलियो

इटहरीमा नयाँ अस्पतालभन्दा व्यवस्थापन सुधारको माग बलियो

जेष्ठ १६, २०८३
सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

बोराभित्र महिलाको शव फेला, हत्या गरेर फालिएको हुन सक्ने

जेष्ठ १६, २०८३
गुलाबी रङका फूलले सिमसार क्षेत्र मनमोहक, शङ्करबेलीमा पर्यटकको बढ्दो आकर्षण

गुलाबी रङका फूलले सिमसार क्षेत्र मनमोहक, शङ्करबेलीमा पर्यटकको बढ्दो आकर्षण

जेष्ठ १६, २०८३
कोशी प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीय उत्साहित

कोशी प्रदेशसभा अवरोध अन्त्यसँगै बजेट प्रक्रिया ‘ट्र्याक’मा 

जेष्ठ १६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1497 shares
    Share 599 Tweet 374
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    899 shares
    Share 360 Tweet 225
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    626 shares
    Share 250 Tweet 157
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    609 shares
    Share 244 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.