गएको २४ घण्टामा प्रदेश १ मा आज १ सय ३३ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ । पोजेटिभ देखिनेमा सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ भन्दा बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला २२ पुरुष, इटहरीमा ७ महिला १९ पुरुष, गढी र कोशी गाउँपालिकामा ४–४ पुरुष, भोक्राहानरसिंहमा २ पुरुष, बराहक्षेत्रमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङको विराटनगरमा ९ महिला १९ पुरुष, धनपालथानमा २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, कटहरीमा १ महिला र सुनबर्षीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यसैगरि झापाको दमकमा १ महिला ७ पुरुष, भद्रपुरमा २ महिला ४ पुरुष, बार्हदशीमा २ महिला ३ पुरुष, मेची नगरमा १ पुरुष, भोजपुरमा ५ पुरुष, उदयपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमित हुनेको कुल संख्या ५ हजार १ सय पुगेको छ ।














Discussion about this post