वितेको २४ घण्टामा आज प्रदेश १ मा अहिले सम्मकै धेरै १ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् ।
सङ्क्रमित हुनेमा मोरंगमा ९२ जना संक्रमित पुष्टि भएका छन् । यसैगरि सुनसरीमा ६३ , झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ भन्दा बाहिरका ३ जना सङ्क्रमण पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा आज ६५ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेमा १५ महिला र ५० पुरुष छन् । मोरंगको बढीगंगामा ४ महिला र ६ पुरुष, जहदा र कटहरीमा ३–३ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, लेटाङमा १ पुरुष, रतुवामाई, रंगेली र धनपालथानमा १–१ महिला, बेलबारी र ग्रामथानमा १–१ पुरुष, स्थानीयतह नखुलेका १ महिला र २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ११ महिला र १७ पुरुष, दुहवीमा ३ महिला र १९ पुरुष, इटहरीमा ४ महिला र ७ पुरुष, गढीमा २ पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै , झापाको दमकमा ५ महिला र १ पुरुष, मेचीनगरमा ३ पुरुष, कन्काईका १ महिला र स्थानीय तह नखुलेका १ पुरुष, खोटाङमा १ महिला, धनकुटामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ५ हजार २ सय ७१ पुगेको छ ।
प्रदेश १ मा आज ४३ जना डिस्चार्ज भएका छन् ।














Discussion about this post