इटहरी : सुनसरी क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोक चौधरी निर्वाचित भएका छन् ।
चौधरीले ४७ हजार ४२१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मत प्राप्त गरे । यसैगरी नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले भने १५ हजार ८३ मत मात्र प्राप्त गरिन् ।
०७९ को निर्वाचनमा भगवतीले गच्छदारलाई पराजित गरी निर्वाचित भएकी थिइन् ।













Discussion about this post