झापा : झापाको हल्दीबारी गाउँपालिकामा बिहीबार राति वर्षासहित आएको हावाहुन्डरीका कारण ढलेको रुखले किच्दा घरभित्र सुतिरहेकी एक किशोरीको मृत्यु भएको छ।
हल्दीबारी गाउँपालिका–२ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशीको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रहरीका अनुसार राति करिब ९ बजेतिर आरती आफ्नै घरमा सुतिरहेको अवस्थामा घरनजिकै रहेको आँपको रुख वर्षा र तीव्र हावाहुन्डरीका कारण ढलेर घरमाथि खसेको थियो। रुखले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर घरमाथि ढलेको रुख हटाई उद्धार गरेको थियो। घटनास्थल प्रहरी चौकी हल्दीबारीबाट करिब ३ किलोमिटर पूर्वतर्फ पर्छ।
मृतकको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।














Discussion about this post