तरहरा : इटहरी उप–महानगरपालिका–२० तरहरास्थित कोशी लोकमार्गमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी चेकिङ टोलीले सवारी तथा व्यक्तिहरूको जाँच गर्ने क्रममा झापा कन्काई नगरपालिका–४ बस्ने ३० वर्षीय भीमबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले चेकजाँच गर्दा तामाङको साथबाट लागूऔषध ब्राउनसुगर १.१६ ग्राम (एक ग्राम एक सय साठी मिलिग्राम) फेला परेको बताइएको छ।
लागूऔषध बरामद भएपछि तामाङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post