Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कलेज उद्घाटन, स्नातकोत्तर सुरू

रासस by रासस
चैत्र २, २०८२
in विविध, समाचार
0
58
SHARES
Share on FacebookShare on Twitter

सङ्खुवासभा : सङ्खुवासभाको सदरमुकाम खाँदवारिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयअन्तर्गत केन्द्रीय कलेज स्थापना तथा स्नातकोत्तर तहका कक्षा सञ्चालनको औपचारिक उद्घाटन गरिएको छ ।

यहाँ आयोजित एक विशेष कार्यक्रमकाबीच विश्वविद्यालयको केन्द्रीय कलेज उद्घाटन गर्दै उच्च शिक्षाका कार्यक्रम सुरु गरिएको घोषणा गरिएको हो ।

विश्वविद्यालयका उपकुलपति डा रमेश ढुङ्गेलले सम्बोधन गर्दै आयुर्वेदिक शिक्षा र अनुसन्धानलाई सुदृढ बनाउन विश्वविद्यालयले महत्त्वपूर्ण पहल थालेको बताए । उपकुलपति ढुङ्गेलले खाँदवारिमा केन्द्रीय कलेज स्थापना हुनु सङ्खुवासभा जिल्लाका साथै समग्र कोशी प्रदेशकै लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

उनले आयुर्वेद क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न स्नातकोत्तर तहको कक्षा सञ्चालनले नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले संस्थाको स्थापना र स्नातकोत्तर कक्षाको सञ्चालनलाई ऐतिहासिक उपलब्धि मान्दै यसले जिल्लामा उच्च शिक्षा र आयुर्वेद क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने आशा व्यक्त गरे ।

वक्ताहरूका अनुसार हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी तथा प्राकृतिक स्रोतको वैज्ञानिक अध्ययन र उपयोगमार्फत आयुर्वेद चिकित्सा प्रणालीलाई अझ प्रभावकारी बनाउने लक्ष्य विश्वविद्यालयले लिएको छ ।

योगमाया आयुर्वेद विश्वविद्यालय “योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७९” अनुसार स्थापना गरिएको हो । यसको केन्द्रीय कार्यालय खाँदवारि नगरपालिका–९ तुम्लिङटारमा रहेको छ ।

सतिप्रथा अन्त्यका लागि लड्ने क्रान्तियोद्धा योगमाया न्यौपानेको जन्म १९१७ सालमा भोजपुरको षडानन्द नगरपालिका–१, नेपालेडाँडा मझुवाबेँसीमा भएको थियो ।

देशमा जकडिएको सतिप्रथा अन्त्यका लागि पटकपटक तत्कालीन राणा सरकारसँंग माग गर्दा कुनै निर्णय नभएपछि योगमायाले अभियान नै सञ्चालन गरेकी थिइन् ।

सतिप्रथा, छुवाछूत प्रथा अन्त्यको लागि नारा लगाउँदै विसं १९९८ असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले जलसमाधी लिएका थिए । उनीहरुले समाधि लिएको ठाउँ षडानन्द नगरपालिका–६ मझुवावेसीमा पर्छ ।

Tags: #रासससङ्खुवासभा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    790 shares
    Share 316 Tweet 198
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.