Thursday, July 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

४४३ जनाको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशतमा नसर्ने रोगका लक्षण

रासस by रासस
चैत्र ८, २०८२
in समाचार
0
कोरोना भाइरस : नेपालले स्वास्थ्य क्षेत्रमा सिक्नुपर्ने पाठ
57
SHARES
Share on FacebookShare on Twitter

पाँचथर : हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’कार्यक्रममा १२ प्रतिशतमा नसर्ने रोग देखा परेको छ ।

समुदायका ३० वर्षभन्दा माथिका ४४३ जनाको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशतमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्यालगायत नसर्ने रोगका लक्षण देखिएका हुन् ।

नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने, गाउँमा आफ्नै काममा व्यस्त रहेका, आर्थिक अवस्था कमजोर भएका नागरिकको स्वास्थ्य जनाको स्वास्थ्य परीक्षण गर्दा यस्तो अवस्था देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रप्रसाद शर्मा घिमिरेले जानकारी दिए ।

मधुमेह र उच्च रक्तचापको समस्याले सताए पनि स्वास्थ्य परीक्षण नगराई बसेका भेटिएपछि त्यस्ता व्यक्तिलाई लक्षित गरी परामर्श तथा उपचारको प्रबन्ध गरिएको घिमिरेले बताए।

“सामान्यतया स्वस्थ देखिने मानिसमा नसर्ने रोगका लक्षण फेला परेका छन्”, घिमिरेले भने, “हामीले गत वर्षदेखि नसर्ने रोग पहिचानको अभियान सञ्चालन गरिरहेका छौँ । यसमा उल्लेख्य मात्रामा बिरामी भेटिएका छन् ।” उनका अनुसार यहाँका स्वास्थ्य संस्थाले विवाह, भोजभतेरलगायत सामाजिक/धार्मिक कार्यक्रममा सहभागीको स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।

स्थानीयहरू स्वास्थ्यमा जटिल समस्या देखिएपछि मात्रै उपचारका लागि जाने गर्नाले पनि नसर्ने रोग भयावह बन्दै गएको घिमिरेको बुझाइ छ ।

“नियमित स्वास्थ्य परीक्षण नगर्ने चलनका कारण नसर्ने रोगले थप समस्या सिर्जना गरिसकेको हुन्छ । सोही कारणले नियमित स्वास्थ्य परीक्षणमा स्थानीयलाई अग्रसर गराउने उद्देश्यले खोज पड्तालकार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने।

गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका बिरामीका लागि निःशुल्क रूपमा औषधि वितरण गर्दै आएको घिमिरेले जानकारी दिए।

त्यस्तै स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन नगाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममार्फत छुट्टै ‘क्लिनिक’ सञ्चालनको व्यवस्था गरी स्थानीय स्वास्थ्य सङ्स्थाको पहुँचमा नरहेका नागरिकलाई प्राथमिक उपचार, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजनका साधनको प्रयोगलगायत विषयमा जानकारी गराउँदै आइएको छ।

यो कार्यक्रम यहाँका सबै वडामा प्रत्येक महिनामा दुई दिन सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख घिमिरेले जानकारी दिए। नसर्ने रोगको खोज पड्तालका क्रममा यहाँका चार जनामा कालाजार र छ जनामा क्षयरोग फेला परेको छ ।

सामान्यतया कालाजारको सङ्क्रमण पहाडी क्षेत्रमा कम हुने भए पनि चार जना बिरामी फेला परेपछि स्वास्थ्य संस्थामार्फत सचेतना कार्यक्रमलाई विस्तार गरिएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए।

क्षयरोगका बिरामीलाई नियमित औषधि सेवनमार्फत निको पार्न र अन्य बिरामीको पहिचानका लागि खोज पड्तालकार्यक्रमलाई निरन्तरता दिइएको घिमिरेले जानकारी दिए। उक्त कार्यक्रमले बजेट विनियोजन तथा औषधि खरिद गर्न सहज भएको उल्लेख गर्दै उनले सम्बन्धित बिरामी रोगबाट जटिल अवस्थामा पुग्नबाट पनि बचेका धारणा राखे।

गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले खोज र खोप अभियानअन्तर्गत नसर्ने रोगका बिरामी फेला गरेका बताउँदै पालिकाले नियमित रूपमा स्वास्थ्य परीक्षण, खोज पड्ताल, सचेतना, उपचार र औषधि वितरणका लागि स्वास्थ्यकर्मीलाई प्रोत्साहित गरिएको जानकारी दिए।

Tags: #राससस्वास्थ्य परीक्षण
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती
FEATURE BREAKING

सुनसरीमा गोली लागेर घाइते भएका युवकको निधन

by टाकुरा न्यूज । इटहरी
साउन १४, २०८३
0

इटहरी : सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका...

सुनसरी : सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
समाचार

देवानगञ्ज घटनापछि सुनसरी प्रशासनमा सर्वपक्षीय छलफल, यस्ता छन् पाँचबुँदे प्रतिबद्धता

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै सरोकारवाला पक्षहरूले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव...

कोशीमा खेल प्रशिक्षकको असमान वितरण, कतै १२ जना, कतै एक जना पनि छैन

कोशीमा खेल प्रशिक्षकको असमान वितरण, कतै १२ जना, कतै एक जना पनि छैन

साउन १३, २०८३
सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

साउन १३, २०८३
कोशी सरकारको घोषणा : मृतकका परिवारलाई दुई लाख, घाइते र पीडितलाई ५० हजार राहत

कोशी सरकारको घोषणा : मृतकका परिवारलाई दुई लाख, घाइते र पीडितलाई ५० हजार राहत

साउन १३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको निधन

साउन १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरीमा गोली लागेर घाइते भएका युवकको निधन

साउन १४, २०८३
सुनसरी : सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति

देवानगञ्ज घटनापछि सुनसरी प्रशासनमा सर्वपक्षीय छलफल, यस्ता छन् पाँचबुँदे प्रतिबद्धता

साउन १३, २०८३
कोशीमा खेल प्रशिक्षकको असमान वितरण, कतै १२ जना, कतै एक जना पनि छैन

कोशीमा खेल प्रशिक्षकको असमान वितरण, कतै १२ जना, कतै एक जना पनि छैन

साउन १३, २०८३
सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

साउन १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.