इटहरी : सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डको छानबिनलाई थप विश्वसनीय र प्रमाणमा आधारित बनाउन सरकारले छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञता भएका दुई प्रहरी अधिकृत थप गरेको छ।
घटनाको सत्यतथ्य वैज्ञानिक रूपमा पुष्टि गर्न समिति अब सात सदस्यीय बनेको छ।
गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई समितिमा सदस्यका रूपमा नियुक्त गरेको हो।
दुवैले गोली चलेको अवस्था, प्रयोग भएका हतियार, गोलीको दिशा तथा अन्य फरेन्सिक प्रमाणको विश्लेषणमा समितिलाई प्राविधिक सहयोग गर्नेछन्।
गृह मन्त्रालयले समितिलाई घटनाको प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन दिएको छ। यसअघि गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो।












Discussion about this post