Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे इटहरीमा प्राविधिक विद्यार्थीको सक्रियता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १६, २०८२
in विविध, समाचार
0
सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे इटहरीमा प्राविधिक विद्यार्थीको सक्रियता
161
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरूले समाजमा बढ्दै गएको डिजिटल असुरक्षालाई मध्यनजर गर्दै समुदायमा सचेतना अभियान सुरु गरेका छन्।

एसओएस हर्मन माइनर विद्यालय, इटहरीमा कक्षा ११ मा अध्ययनरत प्राविधिक धारका विद्यार्थीहरूको सक्रियतामा शनिबार इटहरी–५ मा सामाजिक सञ्जालको सुरक्षित प्रयोग विषयक सामुदायिक छलफल कार्यक्रम आयोजना गरिएको हो।

इटहरी उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष भीष्मकुमार घिमिरेले सामाजिक सञ्जालले मानिसको व्यक्तिगत जीवन मात्र नभई राष्ट्रिय सुरक्षामा समेत प्रभाव पारिरहेको बताए।

यस्तो संवेदनशील विषयमा प्राविधिक शिक्षा पढ्ने युवाहरूले देखाएको सक्रियता प्रशंसनीय रहेको उनले बताए।

उनले विद्यालय परिवारलाई यस्तो रचनात्मक र चेतनामूलक कार्यक्रम आयोजना गरेकोमा विशेष धन्यवाद समेत ज्ञापन गरे।

कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर तोरण परियारले साइबर सुरक्षाका चुनौतीहरूबारे विशेष प्रस्तुति दिएका थिए । मुख्य गरी सहभागीहरूसँग साइबर अपराध, साइबर कानुन, सुरक्षित उपयोगलगायत विषयमा छलफल गरेका थिए।

प्रस्तुतिपछि भएको अन्तरक्रियामा स्थानीय बासिन्दा र विद्यार्थीहरूले राखेका जिज्ञासाको इन्स्पेक्टर परियारले स्पष्ट पारेका थिए ।

आजको समाजले प्रविधिलाई अत्यावश्यक वस्तुका रूपमा स्विकारेको भए पनि यसको उचित प्रयोग गर्ने तरिका, सुरक्षा र संवेदनशीलताप्रति सचेत नभएकाले जोखिम बढ्दै गएको एसओएस हर्मन माइनर माध्यमिक विद्यालयका प्रधानाध्यापक शशीकुमार उपाध्यायले बताए।

सबैभन्दा बढी उपभोक्ता युवापुस्ता भएकाले उनीहरूमा डिजिटल साक्षरतासँगै संयमताको खाँचो रहेको औँल्याए।

प्राविधिक ज्ञानलाई कक्षाकोठामा मात्र सीमित नराखी समाजको हितमा प्रयोग गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको उपस्थितरहरूले बताएका छन् ।

एसओएस हर्मन माइनर माविमा इटहरीमै एकमात्र कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा रहेको छ। कक्षा ९–१२ कार्यक्रमअन्तर्गत कक्षा ९ मा हरेक वर्ष ४८ जनाको सिट क्षमतामा विद्यार्थी भर्ना हुने गरेको विद्यालयले जनाएको छ।

Tags: #सामाजिक सञ्जालएसओएसशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव
FEATURE BREAKING

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसको कायममुकायम क्याम्पस प्रमुखमा सञ्जीव यादव नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको बैठकले सहप्राध्यापक...

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
FEATURE BREAKING

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    447 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.