Saturday, May 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङ : सम्झौता गरेर काम सुरू नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

रासस by रासस
चैत्र २१, २०८२
in विविध, समाचार
0
58
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा पनि निर्माणको काम सुरू नगर्ने १९ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

कार्यालयसँग २६ योजनामा ठेक्का सम्झौता गर्ने १९ निर्माण कम्पनीले तोकिएको समयमा निर्माणको काम सुरु नगरेपछि सातभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको हो ।

पूर्वाधार विकास कार्यालयले युनानान निर्माण सेवा उदयपुर, विश्वशिखर निर्माण सेवा उदयपुर, अर्जुन पइन्ट इन्जिनियर डेप्लोपर्स प्रा लि काठमाडौँ, राइट ब्रोदर आरटिडी जेभी, इमो बुइल्डर्स प्राइभेट लिमिटेड, शिलान्यास इन्जिनियरिङ कन्सल्टिङ प्रा लि धादिङ, शान्तिभूमि कन्स्ट्रक्सन प्रालि खोटाङ, अन्सुबी–नेपाल–फूलबारी–पिङ्गला जेभी, एसआर कन्स्ट्रक्सन खोटाङ, निर्मा मन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा लि खोटाङ, रानासाम्पाङ कन्स्ट्रक्सन प्रा लि खोटाङ, भीषणहाङ कन्स्ट्रक्सन प्रा लि भोजपुर, बराहपोखरी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा लि काठमाडौँ, पाथीभरा निर्माण सेवा उदयपुर, धनसुना कन्स्ट्रक्सन, बी एन्ड बी निर्माण सेवा उदयपुर, खोक्चिीलिपा–साल्मे आरटिडी जेभी, डिबी कन्स्ट्रक्सन उदयपुर र डिजी निर्माण सेवा खोटाङलाई स्पष्टीकरण सोधेको छ ।

शान्तिभूमि कन्स्ट्रक्सन प्रा लि खोटाङले तीन तथा विश्वशिखर निर्माण सेवा उदयपुर, पाथीभरा निर्माण सेवा उदयपुर, बी एन्ड बी निर्माण सेवा उदयपुर, डिबी कन्स्ट्रक्सन उदयपुर र अर्जुन पोइन्ट इन्जिनियर डेप्लोपर्स प्रा लि काठमाडौँले दुई/दुईवटा योजनाको ठेक्का सम्झौता गरेको छ ।

योजनाको सम्झौता गरेर काम सुरु नगर्नुको कारणसहित सात दिनभित्र स्पष्ट विवरण पेस गर्न पत्रमार्फत लिखित स्पष्टीकरण सोधिएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर विनम दाहालले जानकारी दिए ।

‘समयमै काम सुरु नभएमा वर्षा सुरु हुन्छ । आर्थिक वर्षको अन्त्यतिर गरिएका निर्माणको काम गुणस्तरीय हुँदैन’, उनले भने, ‘समयमा काम सुरु नगर्दा योजना अधुरै रहन्छ । योजनाका लागि विनियोजित बजेटसमेत ‘फ्रिज’ हुने जोखिम भएकाले सात दिनभित्र लिखित जवाफ दिन निर्माण कम्पनीहरूसँग माग गरिएको हो ।’

योजना सम्पन्न नहुँदा स्थानीय उपभोक्ता तथा सर्वसाधारणले सास्ती भोग्नुपर्ने अवस्था आउने भन्दै कार्यालयले निर्माण कम्पनीहरूलाई तत्काल काम सुरु गर्न पत्रमार्फत चेतावनीसमेत दिएको छ ।

कार्यालयबाट खटिएका प्राविधिक कर्मचारीको प्रत्यक्ष रेखदेखमा तोकिएको समयभित्र गुणस्तर र परिमाणअनुसार सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई निर्देशन दिएको हो ।

निर्धारित समयभित्र निर्माण कार्य सुरु नगरेमा अनावश्यक म्याद थप नगर्ने र कानुनबमोजिम बैङ्क जमानत जफत गरिने कार्यालयका लेखा अधिकृत सीताराम राउतले बताएका छन् ।

‘पहिलो चरणमा लिखित माग गर्छौं । चित्त बुझ्दो जवाफ अपनाएको खण्डमा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइनेछ’, उनले भने, ‘धेरै निर्माण कम्पनीहरुले अनावश्यक म्याद थप गराउने गर्छन् । काम नगर्ने निर्माण कम्पनीको सिधै बैङ्क जमानत जफत गरिनेछ ।’

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत जिल्लामा यो वर्ष १२३ योजनामा ठेक्का सम्झौता भएको छ । ठेक्का सम्झौता भएका २६ वटाबाहेक अन्य योजनाहरु तीव्रगतिमा निर्माण भइरहेको कार्यालय प्रमुख दाहालले जानकारी दिएका छन् ।

एकवर्षे र बहुवर्षे योजनाका लागि यस आर्थिक वर्षमा रु एक अर्ब ९४ लाख ७५ हजार बजेट उपलब्ध भएको कार्यालयले जनाएको छ । प्रदेश सरकारबाट स्वीकृत भएर आएका आठवटा योजना जग्गा विवादका कारण ठेक्का आह्वान गर्न नसकिएको कार्यालय प्रमुख दाहालले जानकारी दिए ।

यस्तै, १७ योजनाका लागि कम बजेट स्वीकृत भएर आएकाले बहुवर्षे योजनामा समावेश गरिदिन प्रदेश सरकारमा सिफारिस गरिएको कार्यालयले जनाएको छ । गरिब तथा विपन्न परिवारका लागि कोशी प्रदेश सरकार, जनता आवास कार्यक्रमअन्तर्गत रु दुई करोड लागतमा ६० घर निर्माण भइरहेको जनाइएको छ ।

Tags: #खोटाङ#राससनिर्माण
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…
FEATURE BREAKING

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २, २०८३
0

इटहरी : शनिवार (आज) बिहान इटहरी २० तरहरास्थित जंगलमा घाँस काट्न गएकी एक स्थानीय महिलाले झाडी छेउ असामान्य दृश्य देखिन्। नजिक...

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार
विविध

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

by रासस
जेष्ठ २, २०८३
0

मोरङ : प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय...

हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

भोजपुरमा अनलाइनमार्फत घरमै नक्सा

जेष्ठ २, २०८३
खोटाङमा उभौली : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

साकेला समापन : युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृति सम्मानको सन्देश

जेष्ठ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३
पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

जेष्ठ २, २०८३
हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    697 shares
    Share 279 Tweet 174
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    511 shares
    Share 204 Tweet 128
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    380 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.