Thursday, July 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

हलेसीस्थित ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण

रासस by रासस
चैत्र २४, २०८२
in विविध, समाचार
0
हलेसीस्थित ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण
58
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु गरिएको छ ।

धार्मिक तथा पर्यटकीयस्थल बुङालुङ पार्कमा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको साझेदारीमा हलेसी तुवाचुङ नगरपालिकाले बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणको काम सुरु गरेको हो ।

बहुसांस्कृतिक सङ्ग्रहालय भवन निर्माणका लागि कोशी प्रदेश सरकार र नगरपालिकाले रु एक/एक करोड बजेट उपलब्ध गराएको नगरप्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

नगरप्रवक्ता गिरीका अनुसार प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट गङ्गा–जमुना निर्माण सेवा ताप्लेजुङले रु ९० लाख तथा नगरपालिकाले विनियोजन गरेको बजेटबाट सुदेवी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले रु ८० लाख ८१ हजारमा सङ्ग्रहालय भवन निर्माणको जिम्मा लिएको छ।

गत फागुन २२ गते सम्झौता गरेर निर्माण सुरु गरिएको सङ्ग्रहालयको काम आगामी जेठ मसान्तभित्र सम्पन्न गर्नुपर्ने ठेकेदार कम्पनीसँग गरिएको सम्झौतामा उल्लेख छ । प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट एउटा तथा नगरपालिकाले उपलब्ध गराएको बजेटबाट दुईवटा सङ्ग्रहालय भवन निर्माण हुने नगरपालिकाले जनाएको छ।

बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित बुङालुङ पार्कमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणको काम सुरु गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

“स्थानीय संस्कृति, इतिहास, परम्परा र विभिन्न समुदायको जीवनशैलीलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना बनाएका छौँ । बहुसांस्कृतिक सङ्ग्रहालय भवनले हलेसी क्षेत्रको सांस्कृतिक पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ”, उनले भनिन्, “नगरपालिकाले यो परियोजनालाई आफ्नो गौरवको योजनाका रूपमा अघि बढाएको छ । निर्धारित समयमै निर्माण सम्पन्न गराएर सञ्चालनमा ल्याउन ठेकेदार कम्पनीलाई ताकेता गरिरहेका छौँ ।”

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदल यात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्कमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

लामो समयअघि देखि स्थानीय बासिन्दा घुमफिर र पिकनिक (वनभोज) जाने पर्यटकीयस्थल ककनीडाँडालाई स्तरोन्नति गरेर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल बनाउन हलेसी तुवाचुङ नगरपालिका लागिपरेको हो ।

प्राकृतिक रूपमै सजिसजाउ भएका ढुङ्गालाई थप सजाउने, ढुङ्गाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुङ्गे गेट (प्रवेशद्वार) बनाउने, ढुङ्गे धारा निर्माण गर्ने, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाईकन कालो, सेतो र रातो रङको ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला तथा संस्कृति झल्कने सजावट गर्नेलगायतका काम भइरहेको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने पर्यटकीयस्थल ककनीडाँडामा निर्माणाधीन ढुङ्गे बगैँचालाई नगरपालिकाले ‘बुङालुङ’ पार्क नामकरण गरेको हो ।

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत उच्च हिमाली क्षेत्रको तस्बिर खिच्न, दृश्यावलोकन गर्न र रम्नका लागि ढुङ्गाकै स–साना गेट निर्माण गर्ने, ढुङ्गे बगैँचाका रूपमा विकास गर्न चारैतिर घेराबार तथा पर्खाल लगाउने, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुङ्गाकै कलात्मक सिँढी निर्माण गर्ने, पर्यटक बिसाउने वा ‘रिल्याक्स’ गर्नका लागि ठाउँठाउँमा काठका बिसौनी बनाउने काम सम्पन्न गरिएको छ ।

यसबाहेक ढुङ्गे बगैँचामा विद्युत्, पिउनेपानीको व्यवस्था, विश्रामस्थल, केबुलकार, भोजनालय, कफी सपलगायतका संरचना निर्माण गर्नेसम्मको परिकल्पना गरिएको छ ।

भस्मासुर राक्षसले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेपछि ढुङ्गाको कलात्मक आकृति निस्किएको किंवदन्ती छ । निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको बुङालुङ पार्क हलेसी भएर जाने नेपाल सरकारको १०० पर्यटकीय गन्तव्य मुन्दुम ट्रेल (पदमार्ग)को प्रवेशस्थलमा पर्दछ ।

किराती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट सुरु भएर रूपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ । त्रिधार्मिकस्थल हलेसी र ककनीडाँडा नजिकै किरात सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजुम अवस्थित छ।

फलामे डण्डी तथा तार प्रयोग गरेर निर्माण गरिएका घेराबाराभित्र रहेको बुङालुङमा गार्ड हाउस (सुरक्षाकर्मी), रेष्टुरेन्ट, प्रमुख प्रवेशद्वार, शौचालय, टिकट काउन्टर निर्माण गरिएको छ।

बुङालुङ पार्कबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमशृङ्खला, छिमेकी जिल्लाहरू सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर र रामेछाप तथा तराईका विभिन्न फाँट सजिलै अवलोकन गर्न सकिन्छ।

निर्माणाधीन बुङालुङ पार्क काठमाडौँबाट मध्यपहाडी लोकमार्गमार्फत गाडीमा सिन्धुली–खुर्कोट–घुर्मी–जयरामघाट हुँदै आउन सकिन्छ । तराईका जिल्लाहरूबाट सिराहको मिर्चैया–उदयपुरको कटारी–घुर्मी–जयरामघाट तथा धरान–धनकुटा–भोजपुर–चखेवाभञ्ज्याङ–दिक्तेल हुँदै पनि हलेसी आउन सकिन्छ।

निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको बुङालुङ पार्क मध्यपहाडी लोकमार्गअन्तर्गत जयरामघाट–हलेसी सडकदेखि पैदल यात्रा गरेर २०/२५ मिनेटमा र सवारी साधनमा करिब १० मिनेटमा पुगिन्छ । चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर बुङालुङ पार्क बनाउनेगरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण सुरु गरिएको बुङालुङ पार्कमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयले बताएका छन् । निर्माणाधीन अवस्थामै रहेको बुङालुङ पार्कका आकर्षक तस्बिरहरू सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती भेटिन थालेका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको धार्मिक तथा पर्यटकीयस्थलहरूको स्तरोन्नतिसहित पर्यटन प्रवर्द्धनका कामलाई जिल्लामा निकै महत्वका साथ हेरिएको छ । नगरपालिकाले सुरु गरेको पर्यटन प्रवद्र्धनका काममा प्रदेश तथा सङ्घीय सरकारले लगानी गरेपछि जिल्लाका पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन्।

Tags: #रासससङ्ग्रहालयहलेसी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरी : सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
FEATURE BREAKING

देवानगञ्ज घटनापछि सुनसरी प्रशासनमा सर्वपक्षीय छलफल, यस्ता छन् पाँचबुँदे प्रतिबद्धता

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै सरोकारवाला पक्षहरूले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव...

कोशीमा खेल प्रशिक्षकको असमान वितरण, कतै १२ जना, कतै एक जना पनि छैन
खेलकुद

कोशीमा खेल प्रशिक्षकको असमान वितरण, कतै १२ जना, कतै एक जना पनि छैन

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

विराटनगर : कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा खेल प्रशिक्षकहरूको संख्यामा ठूलो भिन्नता देखिएको छ। प्रदेशका १४ वटा जिल्लामा खेल र खेलाडीको...

सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

साउन १३, २०८३
कोशी सरकारको घोषणा : मृतकका परिवारलाई दुई लाख, घाइते र पीडितलाई ५० हजार राहत

कोशी सरकारको घोषणा : मृतकका परिवारलाई दुई लाख, घाइते र पीडितलाई ५० हजार राहत

साउन १३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको निधन

साउन १३, २०८३
नेपालमा बाघको संख्या ३३५ बाट बढेर ४२९ पुग्यो

नेपालमा बाघको संख्या ३३५ बाट बढेर ४२९ पुग्यो

साउन १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी : सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति

देवानगञ्ज घटनापछि सुनसरी प्रशासनमा सर्वपक्षीय छलफल, यस्ता छन् पाँचबुँदे प्रतिबद्धता

साउन १३, २०८३
कोशीमा खेल प्रशिक्षकको असमान वितरण, कतै १२ जना, कतै एक जना पनि छैन

कोशीमा खेल प्रशिक्षकको असमान वितरण, कतै १२ जना, कतै एक जना पनि छैन

साउन १३, २०८३
सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

साउन १३, २०८३
कोशी सरकारको घोषणा : मृतकका परिवारलाई दुई लाख, घाइते र पीडितलाई ५० हजार राहत

कोशी सरकारको घोषणा : मृतकका परिवारलाई दुई लाख, घाइते र पीडितलाई ५० हजार राहत

साउन १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.