Sunday, May 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सुन पसलको आवरणमा ठगी : दुई सय ५० परिवारको भविष्य संकटमा

ठगीमा परेका पीडितहरू न्यायका लागि भौतारिँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २४, २०८२
in टाकुरा विशेष, समाचार
0
सुन पसलको आवरणमा ठगी :  दुई सय ५० परिवारको भविष्य संकटमा
88
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : मोरङको कानेपोखरी–६, रमाइलो बजारमा रहेको शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलबाट ठगिएका दुई सय ५० जनाभन्दा बढी सर्वसाधारणको हातमा अहिले एउटा महत्वपूर्ण दस्तावेज छ – परिवारको नाममा रहेको ९ कित्ता जग्गाको पूर्ण विवरण ।

तर, सम्पत्तिको स्रोत र विवरण फेला पर्दा पनि आफ्नो रगत–पसिनाको कमाइ कसरी फिर्ता लिने भन्नेमा पीडितहरू अझै अन्यौलमा छन् ।

पीडितहरूसँग कानेपोखरी–६ का वडाध्यक्ष खड्गबहादुर बस्नेतको रोहबरमा बाटुलादेवी अधिकारीले गरिदिएको लिखित कागज पनि छ, जसमा आफ्नो नामको सम्पत्तिबाट ऋण तिर्ने प्रतिबद्धता जनाइएको छ ।

तर, न त जग्गा बिक्री गरेर पैसा फिर्ता गर्ने प्रक्रिया अघि बढेको छ, न त राज्यका निकायले नै उनीहरूलाई ठोस सहयोग गरेका छन् ।

आफ्नो लाखौं रुपैयाँ डुबेपछि न्यायका लागि भौतारिएका पीडितहरू मंगलबार इलाका प्रहरी कार्यालय पथरी पुगेका थिए । तर, प्रहरीले ‘पर्याप्त प्रमाण नपुग्ने’ भन्दै ठगीको उजुरी दर्ता गर्न अस्वीकार गरिदियो । पीडित विष्णु गिरीका अनुसार प्रहरीले उजुरी लिन नमानेपछि उनीहरू थप निराश बनेका छन् ।

यता, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी तुलसीराम अर्याल भने कानुनी प्रमाणको अभाव देखाउँदै पन्छिरहेका छन् ।

प्रहरीले मात्र होइन कानेपोखरी गाउँपालिकाको न्यायिक समितिले पनि यस विषयमा कुनै स्पष्ट जवाफ दिन सकेको छैन ।

महिनौँअघि निवेदन दिए पनि न्यायिक समितिले न त समाधानको बाटो देखाएको छ, न त क्षेत्राधिकारको विषयमा पीडितलाई स्पष्ट नै पारेको छ ।

न्यायिक समितिका संयोजक समेत रहेका पालिकाका उपाध्यक्ष भोला अधिकारीले आफूहरुले छलफल गरेपनि समाधान दिन नसकेको बताए ।

पीडितहरूले फेला पारेको विवरण अनुसार बाटुलादेवी अधिकारीको नाममा बयरवन र इटहरी लगायतका ठाउँमा ९ वटा कित्तामा जग्गा छ ।

वडा कार्यालयको रोहबरमा भएको सहमति अनुसार ती जग्गाबाट बचत फिर्ता हुनुपर्ने हो । तर, पीडितहरूबीच नै कसरी र कसले यो प्रक्रियाको नेतृत्व गर्ने भन्नेमा एकमत हुन सकेको छैन । यही विवाद र कानुनी अन्यौलको फाइदा उठाउँदै फरार सञ्चालक मनोज अधिकारी र उनको परिवार पन्छिने कोसिस गरिरहेका छन् ।

यो ठगीको श्रृङ्खला करिब २० वर्ष अगाडिदेखि सुरु भएको थियो । अधिकारी परिवारले सुन पसलको आवरणमा अवैध रुपमा सर्वसाधारणबाट बचत संकलन गर्दै आएका थिए । बैंकभन्दा बढी ब्याज दिने प्रलोभनमा परेर मजदुर, वृद्धवृद्धा र वैदेशिक रोजगारीमा रहेका परिवारले आफ्नो जीवनभरको कमाइ त्यहाँ बुझाएका थिए ।

यो ठगी प्रकरण कति सम्म दर्दनाक छ भन्ने उदाहरण ८३ वर्षीय चक्रबहादुर गुरुङ हुन् । आफ्नो ९ लाख रुपैयाँ फिर्ता पाउने आशमा दिनहुँ बन्द सटर कुरेर बस्ने गुरुङले अन्ततः न्याय नपाई प्राण त्यागे । उनीजस्ता धेरै पीडितहरू अहिले डिप्रेशन र आर्थिक अभावको चपेटामा छन् ।

सञ्चालक मनोज अधिकारी आक्कल झुक्कल देखिन्छन्, तर समाधान दिँदैनन् । उनका बुबा होमनाथ अधिकारी अमेरिकामा छन् ।

पीडितहरूको दाबी छ कि उनीहरूले सर्वसाधारणको करोडौँ रकम अमेरिका पु¥याएका छन् । हाल घरमा रहेकी बाटुलादेवी र बुहारी स्मिता अधिकारीले आलटाल गरिरहेका छन् ।

राज्यका निकायहरू प्रहरी, अदालत र पालिका—एकअर्कालाई देखाएर पन्छिँदा रमाइलो बजारका सयौँ परिवारको बिचल्ली भएको पीडितले जनाएका छन् ।

Tags: #ठगी#मोरङअपराधटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…
FEATURE BREAKING

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २, २०८३
0

इटहरी : शनिवार (आज) बिहान इटहरी २० तरहरास्थित जंगलमा घाँस काट्न गएकी एक स्थानीय महिलाले झाडी छेउ असामान्य दृश्य देखिन्। नजिक...

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार
विविध

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

by रासस
जेष्ठ २, २०८३
0

मोरङ : प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय...

हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

भोजपुरमा अनलाइनमार्फत घरमै नक्सा

जेष्ठ २, २०८३
खोटाङमा उभौली : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

साकेला समापन : युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृति सम्मानको सन्देश

जेष्ठ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३
पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

जेष्ठ २, २०८३
हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    701 shares
    Share 280 Tweet 175
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    511 shares
    Share 204 Tweet 128
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1556 shares
    Share 622 Tweet 389

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.