इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–४ मुसहरी टोलमा प्रहरीले अवैध रूपमा भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याइएका कपडा बरामद गरेको छ।
प्रहरी चौकी कप्तानगंजबाट खटिएको चेकिङ टोलीलाई देख्नासाथ सामान बोकेको व्यक्ति बोरा फाली फरार भएको प्रहरीले जनाएको छ।
उक्त बोरा खोली जाँच गर्दा अन्दाजी ४६,४०० बराबरका लत्ताकपडा फेला परेको थियो।
बरामद सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको छ। फरार व्यक्तिको खोजी कार्य समेत जारी रहेको प्रहरीले जनाएको छ।














Discussion about this post