Saturday, May 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ३, २०८३
in टाकुरा विशेष, समाचार
0
शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 
380
SHARES
Share on FacebookShare on Twitter

इटहरी : शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीले हतारमा निर्णय गर्दा एकै छिनमा दुई पत्र सार्वजनिक गरेको छ ।

दुवै पत्र गलत रहेको छ । खासगरी शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीले बिहीवार (आज) निम्न माध्यमिक तहका लागि स्थायी अध्यापन अनुमति पत्र रद्द गर्नेबारे एक सूचना सार्वजनिक गर्‍यो ।

जसमा कक्षा १२ मा २०० पूर्णांकको शिक्षा सम्बन्धी विषय अध्ययन नगरेका उम्मेदवारलाई प्रदान गरिएका निम्नमाध्यमिक तहका स्थायी अध्यापन अनुमति पत्र रद्द गर्ने व्यहोरा उल्लेख थियो ।

इकाइले निम्नमाध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्र प्राप्त गर्नका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) वा सो सरह उत्तीर्ण भई शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको वा २०० पूर्णांकको शिक्षा सम्बन्धी विषय सहित कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने जनाएको थियो ।

तर, कतिपय विद्यालयहरूले कक्षा १२ मा १०० पूर्णांकको शिक्षा सम्बन्धी विषय मात्र अध्यापन गराएको र सोही आधारमा त्यस्ता उम्मेदवारलाई भूलवस स्थायी अध्यापन अनुमति पत्र वितरण भएको पाइएको जनाइएको थियो ।

पहिले प्रकाशित सूचना ।

खासगरी यसरी वितरण भइसकेका अनुमति पत्रहरू फिर्ता गर्न सम्बन्धितहरूलाई अनुरोध गरिएको थियो ।

तर, केहीबेरमा इकाइले पुनः सूचना जारी गरी अघिल्लो सूचना सच्याएको छ ।

जसमा भनिएको छ, ‘निम्नमाध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्र प्राप्त गर्नका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण (कक्षा १२) वा सो सरहको उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको वा २०० पूर्णांकको शिक्षा सम्वन्धी विषयसहित माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण (कक्षा १२) गरेको हुनुपर्ने भन्ने परिपत्र प्राप्त भएता पनि कक्षा ११ र कक्षा १२ दुवैगरी कम्तीमा २०० पूर्णांकको शिक्षा सम्वन्धी विषय अध्ययन गरेका उम्मेदवारहरूलेसमेत अध्यापन अनुमति पत्र प्राप्त गर्न सक्ने भनी शिक्षक सेवा आयोगबाट जानकारी प्राप्त भएको हुँदा सोही बमोजिमको कागजातहरू पेश गरी स्थायी अध्यापन अनुमति पत्र बुझिलिन हुन अनुरोध छ ।’

दुवै पत्रमा इकाइ प्रमुख देवेन्द्रवहादुर मल्लले हस्ताक्षर गरेका छन् ।

इकाइले यसअघिको यस कार्यालयको च.नं.११२१ भनेर उल्लेख गरेपनि यसअघि भने च.नं. १११२ उल्लेख गरेको थियो । खासगरी हतारमा इकाइले निर्णय गर्नु र दुवै व्यहोरामा केही त्रुटि हुनुले इकाइको कार्यक्षमतामाथि प्रश्न उठाएको छ ।

दोस्रो प्रकाशित सूचना ।

 

Tags: टाकुरा विशेषशिक्षाशिक्षा विकास तथा समन्वय इकाइ सुनसरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…
FEATURE BREAKING

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २, २०८३
0

इटहरी : शनिवार (आज) बिहान इटहरी २० तरहरास्थित जंगलमा घाँस काट्न गएकी एक स्थानीय महिलाले झाडी छेउ असामान्य दृश्य देखिन्। नजिक...

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार
विविध

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

by रासस
जेष्ठ २, २०८३
0

मोरङ : प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय...

हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

भोजपुरमा अनलाइनमार्फत घरमै नक्सा

जेष्ठ २, २०८३
खोटाङमा उभौली : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

साकेला समापन : युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृति सम्मानको सन्देश

जेष्ठ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३
पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

जेष्ठ २, २०८३
हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    694 shares
    Share 278 Tweet 174
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    511 shares
    Share 204 Tweet 128
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    380 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.