इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ६ प ७७८२ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक दुहवी नगरपालिका–९ छाताबेली बस्ने ३४ वर्षीय मोहमद साविर मियाँको साथबाट लागूऔषध ब्राउनसुगर २.१६ ग्राम फेला परेको प्रहरीले जनाएको छ।
उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिई मोटरसाइकल समेत बरामद गरिएको छ।
पक्राउ परेका मियाँलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post