Saturday, October 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

रासस by रासस
बैशाख १६, २०८३
in विविध, समाचार
0
खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो
61
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : खुवालुङ क्षेत्रमा माङ्खीमसहित विभिन्न सांस्कृतिक संरचनाको शिलान्यास गरिएको छ ।

जिल्ला कार्यसमिति (सुनसरी, धनकुटा र उदयपुर) तथा खुवालुङ जग्गा व्यवस्थापन एवं माङ्खी निर्माण उपसमिति साथै किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति काठमाडौँको आयोजनामा मङ्गलबार उक्त संरचनाको शिलान्यास गरिएको हो ।

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सङ्गमस्थल त्रिवेणी क्षेत्रमा रहेको खुवालुङ खाम (परिसर) लाई मुन्दुमी आस्था र शक्तिको अभ्यासस्थलका रूपमा विकास गरिँदै खुवालुङ्मा मुन्दुमी खिम (घर) निर्माण गरिनुका साथै आगन्तुकका लागि आवासीय संरचना पनि निर्माण गरिने किरात राई यायोक्खाका अध्यक्ष जीवन हताचो राईले बताए ।

किराँती समुदायको संस्कृति र ज्ञान प्रणालीलाई प्रतिनिधित्व गर्ने गरी ‘किरात राई सांस्कृतिक मौखिक ज्ञान सङ्ग्रहालय’ र ‘मुन्दुम खीम (पाठशाला)’ निर्माण गरिने छ ।

सङ्ग्रहालयमा अडियो, भिजुअल, तस्बिर तथा सांस्कृतिक सामग्री सङ्कलन गरिने छ भने मुन्दुम खीममा किराँती मुन्दुम र ज्ञान प्रणालीसम्बन्धी शिक्षा सञ्चालन गरिने अध्यक्ष राईको भनाइ छ ।

कोशी प्रदेश सरकारले रु दुई करोड ४० लाख बजेमा उक्त सङ्ग्रहालय निर्माण हुन लागेको हो ।

खुवालुङ (सप्तकोशीस्थित त्रिवेणी) लाई मौलिक सांस्कृतिक केन्द्रका रूपमा विकास गर्दै देशकै महत्त्वपूर्ण सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने लक्ष्य राखिएको अध्यक्ष राईले बताए ।

सखुवा कन्स्ट्रक्सन कन्सल्टेन्सीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सहकारी विकास तथा भवन कार्यालय धनकुटामा प्रस्तुत भइसकेको छ । किरात राई यायोक्खाले उक्त डिपीआर परिमार्जन गर्नुपर्ने मागसहित संशोधन प्रस्तावसमेत पेस गरेको जनाएको छ ।

परिमार्जित डिपीआर तयार गर्दा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशद्वारा तयार गरिएको ‘खुवालुङः किराँतीहरूको पुर्ख्यौली पवित्र आस्था तथा मुन्दुमी शक्ति केन्द्र (सांस्कृतिक इन्जिनियरिङ अर्थात् सैद्धान्तिक अध्ययन), २०८२’ लाई आधार बनाइएको जनाइएको छ ।

करिब छ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको माङ्खिम र मुन्दुमी खीमका लागि आवश्यक जग्गा किरात राई यायोक्खा केन्द्रीय कार्य समिति र व्यवस्थापन समितिले विभिन्न दाताबाट रकम सङ्कलन गरी खरिद गरेको हो ।

साथै, स्थानीय तीर्थराज राई, धर्मराज राई र देवराज राईले दुई रोपनी जग्गा दान गरेको किरात राई यायोक्खा उपाध्यक्ष जनक राईले बताए ।

किराँती समुदायका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गर्दै यस्ता संरचनाले पहिचान जोगाउन सहयोग पुग्ने छ । रानले भने ।

खुवालुङ नेपालको सप्तकोशी नदीस्थित त्रिवेणी क्षेत्रमा रहेको एक चट्टान हो, जुन किराँती समुदायका लागि पवित्र मानिन्छ । दूधकोशी, अरुण र तमोर नदीको सङ्गमस्थलमा रहेको उक्त ढुङ्गालाई किराँती समुदायले ‘खुवालुङ’ का रूपमा चिन्ने गरेका छन् । यो किराँती जातिको पवित्र स्थल मध्येको एक मानिन्छ ।

किराँती भाषामा ‘खु’ भनेको ठुलो, ‘वा’ भनेको पानी र ‘लुङ’ भनेको ढुङ्गा भन्ने अर्थ लाग्छ । यसरी ठुलो नदी (कोशी) को बीचमा रहेको ढुङ्गा भएकाले ‘खुवालुङ’ नाम रहन गएको हो । मुन्दुमी मिथकअनुसार खुवालुङलाई किराँतीहरूको साझा आस्था स्थलका रूपमा व्याख्या गरिएको छ ।

प्रकृति पूजक किराँती समुदायको हजारौँ वर्षदेखिको आत्मिक सम्बन्ध खुवालुङसँग जोडिएको मानिन्छ । किरात राई समुदायभित्र रहेका विभिन्न भाषा, थर र पाछामा पाइने विविधतालाई समेत खुवालुङसम्बन्धी मिथकले सम्बोधन गर्ने विश्वास रहँदै आएको छ ।

Tags: #राससखुवालुङशिलान्यास
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

विराटनगर : कोशी प्रदेशमा नेपालीबाहेकका भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था आगामी कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको...

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती
विविध

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । विगत पाँच...

जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

कार्तिक १२, २०८३
उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३
जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.