सुनसरीबाट प्रहरीले अवैध सेतो मटर सहित एकजनालाई पक्राउ गरेको छ ।
सुनसरीको देवानगंज गाउँपालिका वडा नं. ६ हुँदै अवैध रुपमा सेतो मटर भारततर्फ चोरी निकासी गरी लादैँछन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी तथा ईलाका प्रहरी कार्यालय देवानगंजको संयुक्त प्रहरी टोलीले एकजनालाई पक्राउ गरेको हो ।
भारततर्फ जाँदै गरेको को. १ च ८३६० नं. को पिकअपलाई रोकी चेक जाँच गर्दा ८० बोरा अवैध सेतो मटर सहित मोरंङ जहदा गाउँपालिका वडा नं. ३ वस्ने वर्ष ३२ को पवन राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका राजवंशी सहित सेतो मटर बरामद गरी आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय कोशी व्यारेज पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post