Saturday, October 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङमा ‘मह सिकार महोत्सव’

रासस by रासस
जेष्ठ ९, २०८३
in विविध, समाचार
0
खोटाङमा ‘मह सिकार महोत्सव’
61
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् ।

लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले मह सिकार महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा फेदीस्थित तेरावाको महभीरमा परम्परागत रुपमा स्थानीयले गरेको भीर मौरीको मह सिकार आकर्षण बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए ।

स्थानीय स्रोत तथा सामग्री प्रयोग गरेर गरिने भीर मौरीको मह सिकार हेर्न जिल्लाभित्रका सबै स्थानीय तह तथा छिमेकी भोजपुर, ओखलढुङ्गा, झापा, विराटनगरलगायत स्थानीयको सहभागिता रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा सहभागी आन्तरिक तथा बाह्य पर्यटकका साहसिक तरिकाले गरिन लागेको भीर मौरीको मह सिकार अवलोकनका साथै स्थानीय साम्पाङ राईहरुको संस्कार/संस्कृतिको अध्ययन एवं अनुसन्धान गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

पर्या–पर्यटनसँग जोडेर प्रदेश सरकारसँगैको सहकार्यमा गाउँपालिकाले पहिलोपटक आयोजना गरेको महोत्सवमा जिल्लास्थित सबै स्थानीय तहका जनप्रतिनिधि तथा मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईलगायत पर्यटन व्यवसायीको सहभागिता छ ।

फेदीको लेकाली क्षेत्रमा पर्ने तेरावामा आयोजना गरिएको महोत्सवमा सहभागी आन्तरिक तथा बाह्य पर्यटकका लागि स्थानीयले त्रिपाल टाँगेर खाने तथा बस्ने व्यवस्था मिलाएका छन् ।

नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’सँग जोडिएको फेदीमा आयोजित महोत्सवले भीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिए।

“हाम्रो गाउँपालिकाको धेरै भीरहरुमा भीर मौरी पाइन्छ । लोपोन्मुख अवस्थामा रहेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न यस वर्ष प्रदेश सरकारसँगको समन्वयमा महोत्सव आयोजना गरिएको हो”, उनले भने ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभीर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित महभीर झरना, तेरावास्थित तेरावाभीरलगायत भीरहरुमा वर्षौंअघिदेखि भीर मौरी बस्दै आएका छन् ।

फेदीका स्थानीय बासिन्दाले उभौलीको समयमा जेठ–असार तथा उधौलीको समयमा कात्तिक–मङ्सिर महिनागरी वर्षमा दुईचोटी भीर मौरीको मह सिकार गर्ने गर्दै आएका छन् । एक याममा एउटै भीरबाट कम्तीमा पनि रु पाँच लाखदेखि रु सात लाखसम्मको मह सिकार हुने गरेको स्थानीय मह सिकारीहरुले बताएका छन् ।

फेदीमा पुस्तौँदेखि किरात संस्कारका रुपमा भीर मौरीको मह सिकार भइरहेको मह सिकारी हस्तराम राईले बताए। “मैले विसं २०३५ देखि यो पेसा सुरु गरेको हुँ, अहिले युवा पुस्तासमेत यो परम्परागत मह सिकार गर्ने पेसामा आकर्षित भएका छन्”, उनले भने, “भीर मौरीको सिकार गर्न उनीहरुलाई हामीले नै सिकायौँ । युवापुस्ता पेसेवर बन्दा आफूहरुलाई खुसी लागेको छ ।”

मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको पर्याङ, गादा (सेफ्टी), सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायत सामग्रीको सहयोगमा परम्परागत रुपमा भीर मौरीको मह सिकार गरिन्छ । प¥याङका माध्यमबाट चढ्ने, सुताका माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकल्ने गरिन्छ ।

स्थानीय मह सिकारीको भाषामा भीरमा गएर मह निकाल्नेलाई ‘पर्याङ्गे’ भनिन्छ भने सुताको माध्यमबाट पर्याङ, दाबिलो, जोतारो, डालोजस्ता आवश्यक सामग्री मह निकाल्ने पर्याङेसम्म पुर्याउनेलाई सुतारे भनिन्छ । पर्याङ्गेले भीरबाट निकालेको मह छान्ने, भाँडामा खन्याउने, धुवाँ लगाउनेलगायत अन्य व्यक्तिलाई सहयोगी भन्ने गरिन्छ ।

भीर मौरीको मह सिकार गर्ने दिन फेदीस्थित तेरावा, माखाम्ला, पिपिङलगायत क्षेत्रमा बसोबास गर्दै आएका गाउँभरिका स्थानीय बासिन्दा आ–आफ्नो घरबाट जाँड, रक्सी, खाजालगायत लिएर उत्सवका रुपमा रमाइलो गर्न भेला हुने गरेका छन् ।

फेदीमा उत्पादित भीर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, धरान, विराटनगर, काठमाडौँका साथै बेलायत, हङ्कङ, सिङ्गापुर लगायतका देशहरुमा निर्यात हुने गरेको छ ।

फेदीका किरात राई (साम्पाङ) समुदायले भीर मौरीको मह सिकार गर्ने प्रचलनलाई आफ्नो परम्परागत संस्कार तथा संस्कृतिसँगसमेत जोड्ने गरेका छन् । उनीहरुले भीरमा गएर गरेको महको सिकार घरमा ल्याएर आफ्नो तीन चुल्हा अर्थात् पितृ (दिवङ्गत भएका व्यक्ति)लाई चढाएपछि मात्र प्रसादका रुपमा ग्रहण गर्ने गरेका छन् ।

भीर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले भीर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ ।

धेरै खाँदा मात लाग्ने विशेषता भएको भीर मौरीको मह हाडजोर्नी, नसासम्बन्धी समस्या, युरिक एसिड, प्रेसरलगायत दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने विशेषज्ञहरूले बताएका छन् ।

Tags: #खोटाङ#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान
विविध

मोरङ कारागारमा विपश्यना ध्यान

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

विराटनगर : कुनै समय संगठित अपराध, आर्थिक असुली र शोषणका कारण चर्चामा रहेको मोरङ कारागारमा अहिले सुधारको प्रयास थालिएको छ...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    826 shares
    Share 330 Tweet 207
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.