इटहरी : सुनसरी प्रहरीले ३.०३ ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।
भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित सीमा क्षेत्रमा प्रहरी चौकी नरसिंहटप्पु र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा एक जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा संखुवासभाको बाह्रबिसे गाउँपालिका–१ घर भई हाल इटहरी उपमहानगरपालिका–५ बस्दै आएका ४२ वर्षीय भीमबहादुर दास रहेका छन्।
प्रहरीका अनुसार भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका दासलाई शंका लागी जाँच गर्दा उनले बोकेको प्लास्टिकको झोलाभित्र ब्राउनसुगर ३.०३ ग्राम फेला परेको थियो।
लागूऔषधसहित दासलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post