Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

रासस by रासस
जेष्ठ २३, २०८३
in विविध, समाचार
0
बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा
59
SHARES
Share on FacebookShare on Twitter

पाँचथर : सडक पुल नभएका नदी तथा खोला बनाइएका अस्थायी डाइभर्सनलाई पटकपटक बाढीले बगाउने गरेपछि यात्रीलाई सास्ती हुने गरेको छ । यहाँका मुख्य सडकहरूमा बनाइएका अस्थायी डाइभर्सन वर्षासँगै आउने बाढीले बगाउने समस्या आएको हो ।

पूर्वी पहाडलाई छोटो दूरीमा तराईसँग जोड्ने तमोर कोरिडोरअन्तर्गत्का सडकमा आठ वटा खोलामाथि पुल निर्माण भइरहेका छन् ।

पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ को सीमामा पर्ने हेँवा खोला र पाँचथर र धनकुटा जिल्लाको सीमामा पर्ने नावा खोलामा बाढीले अवरोध सिर्जना हुँदै आएको छ ।

दुवै खोलामा बनाइएका अस्थायी डाइभर्सनमा बाढीले पटकपटक क्षति पुर्‍याउँदै आएको हो । केही ठूलो वर्षा हुनासाथ नावा खोलामा सवारीका साधन पार गर्न सक्दैनन ।

दुई पाङ्ग्रे सवारीसाधन झोलुङ्गे पुलबाट तार्ने गरिएको छ भने अन्य सवारीसाधन जोखिम मोलेर खोलाबाट पार गर्दछन् ।

अकस्मात पानीको बहाव बढेर जोखिम हुने गरेको तुम्बेवा गाउँपालिका–२ लखुवाका राजकुमार देवानले बताए ।

“जोखिम मोलेर सवारीसाधन पार गर्ने गरिएको छ”, देवानले भने, “डाइभर्सन बनायो भने कतिबेला बगाउँछ, टुङ्गो नै हुँदैन ।”

ताप्लेजुङ, तेह्रथुम र पाँचथरका सयौँ सवारीसाधन र ढुवानीका साधन दैनिक रूपमा तमोर कोरिडोर सडक हुँदै सञ्चालन हुने गरेका छन । नावालगायत खोलामा पुल निर्माणले भने गति लिइरहेको छ ।

यता, तमोर कोरिडोरअन्तर्गत पर्ने हेँवा खोलाको माझीटारमा पटकपटक बाढीले डाइभर्सन बगाउने गरेको छ । हेँवा खोलाको मुहान क्षेत्र ठूलो रहेको र वर्षा भइरहने हुँदा यहाँ बाढी आइरहने स्थानीय बताउँछन् । नियमित वर्षाका कारण गत चैतदेखि बाढी आएर डाइभर्सन बगाएको छ ।

“अघिल्ला वर्षहरूमा असारसम्म डाइभर्सनले थाम्दथ्यो”, हिलिहाङ–७ माझीटारका रामकुमार माझीले भने, “यो वर्ष चैतदेखि नै यातायात अवरुद्ध भएका छन् ।”

यहाँ डाइभर्सन नहुँदा ताप्लेजुङ तथा उत्तरी पाँचथरका हिलिहाङ र याङवरक गाउँपालिकाबाट तमोर कोरिडोर सडक हुँदै तराईतर्फ सञ्चालन हुने सवारीसाधन मेची राजमार्गबाट फिदिम-शिवादोभान हुँदै घुम्नु पर्ने बाध्यता छ ।

तमोर कोरिडोर सडक आयोजना र निर्माण कम्पनीले नियमित रूपमा डाइभर्सन मर्मत तथा व्यवस्थित संरचना निर्माणका लागि चासो नदेखाउँदा समस्या भएको हिलिहाङ-५ का वीरेन्द्र मंग्रातीले बताए ।

“एक पटक बाढीले बगाएपछि लामो समयसम्म डाइभर्सन मर्मत नहुँदा छोटो दूरीको सडकको उपयोग नै हुन सकेको छैन”, मंग्रातीले भने, “यस क्षेत्रबाट सदरमुकाम जान पनि धेरै घुम्नु परेको छ ।”

त्यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ दोभानेस्थित मेवा खोलामा थापिएको डाइभर्सन बाढीले पटकपटक बगाउँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

दोभानेमा तीन वर्षअघि बाढीले सडक पुल बगाएपछि डाइभर्सनका माध्यमबाट सवारीसाधन आवातजावतको प्रबन्ध गरिएको हो । तर, धेरै पटक बाढीले डाइभर्सन बगाएको छ । यस वर्षको जेठ ८ गते अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएको थियो ।

लामो समय सडक अवरुद्ध हुन नदिई खोलामा पानीको बहाव घटेको समयमा डाइभर्सन निर्माण गर्ने गरिएको याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले बताए ।

“खोलाभन्दा माथि पनि धेरै नागरिक हुनुहुन्छ । त्यसैले खोला घटनासाथ डाइभर्सन बनाउने गरेका छौँ”, उनले भने, “तर, जति पटक बनायो, त्यति नै पटक बगाइरहेको छ ।”

निर्माणाधीन सडक पुल यस वर्ष बाढीले बगाएपछि कहिले नयाँ पुल निर्माण होला भन्ने चिन्तामा स्थानीयवासी छन् । यस वर्ष वर्षायाम सुरु नहुँदै बाढी पहिरोको जोखिम बढ्नुका साथै खोला तर्ने अवस्था नभएपछि स्थानीय गहिरो चिन्तामा परेको याङवरक-१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले उल्लेख गरे ।

यसैबीच, बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले डाइभर्सन नहुँदा अवरुद्ध सडकलाई नियमित सञ्चालन गर्न पहल गर्ने निर्णय गरेको छ ।

त्यसका लागि सम्बन्धित स्थानीय तह, आयोजना कार्यालय र निर्माण व्यवसायीलाई आग्रह गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

Tags: #पाँचथर#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…
समाचार

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

by सुमन रेग्मी
भदौ २३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट...

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन
विविध

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

by मनाेज अधिकारी
भदौ २३, २०८३
0

इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेप्रति इटहरीमा दीप प्रज्वलन तथा शोकसभा गरी भावपूर्ण श्रद्धाञ्जली...

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३
भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.