सुनसरीका अग्रज पत्रकार सुविद गुरागाईँले नागरिक दैनिकविरुद्ध थालेको सत्याग्रहलाई पत्रकार महासंघ प्रदेश १ तथा सुनसरी जिल्ला कार्य समितिले समर्थन गरेको छ ।
प्रदेश नं. १ समितिले विज्ञप्ती जारी गर्दै नागरिक दैनिकले प्रदेशका अधिकांश पत्रकारहरुलाई तलब नदिएको र कतिलाई इमेलको भरमा जागिरबाट निकालेकोमा विरोध जनाएको छ ।
‘श्रमजीवी पत्रकार ऐन विपरीत न्यूनतम मानवीय संवेदना पनि नदेखाई गरेको व्यवहारको भत्र्सना गर्दछौंँ,ु विज्ञप्तीमा भनिएको छ ।

महासंघ प्रदेश समितिले अन्य ठूला सञ्चारगृहलाई पनि तलब कटौति गर्ने र कामबाट निकाल्ने कार्य नगर्न माग गरेको छ ।
पत्रकार महासंघ सुनसरी शाखाले पनि विज्ञप्ती जारी गर्दै पत्रकार गुरागाईको माग अविलम्ब पूरा गर्न र नागरिक दैनिकमा कार्यरत अन्य सम्पूर्ण श्रमजीवी पत्रकारको श्रमको समस्या तत्काल समाधान गर्न पनि माग गरेको छ ।
केही दिनयता पत्रकार गुरागाईँले आँफूले काम गरेको पारिश्रमिक नपाएको बिषयमा सत्याग्रह बस्दै आएका छन् । उनले आँफूले खुलेरै श्रमजीवि पत्रकारको हकहितका लागि सत्याग्रह बसेको तर अन्य मिडियाबाट पीडित पत्रकारहरु बोल्न नसकेको समेत बताउँदै आएका छन् ।














Discussion about this post