Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

रासस by रासस
असार ८, २०८३
in भिजिट नेपाल, विविध, समाचार
0
गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम
60
SHARES
Share on FacebookShare on Twitter

पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ।

स्थानीय सामग्रीहरूको व्यापक प्रयोग गरी आठ रोपनी क्षेत्रफलमा माङहिमका विभिन्न संरचनाहरू धमाधम निर्माण भइरहेका छन्।

मेची राजमार्ग नजिकै दृश्यावलोकनका लागि उपयुक्त स्थानमा आकर्षक संरचनासहितको माङहिम र अग्निकुण्ड निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ। माङहिम परिसरमा सोह्रौँ राष्ट्रराष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमासमेत स्थापना भएपछि यो स्थान धार्मिक पर्यटकीय क्षेत्रका रूपमा अझ बढी प्रवर्द्धन भएको हो।

यसै साता इलामको माङ्सेबुङबाट महागुरु फाल्गुनन्दको साढे सात फिट अग्लो प्रतिमा ल्याएर यहाँ स्थापना गरिएको हिलिहाङ–६ का वडाध्यक्ष गणेशप्रसाद योङहाङले जानकारी दिए।

एउटै ढुङ्गा बुट्टा काटेर बनाइएको उक्त प्रतिमा वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको आज्ञाअनुसार स्थापना गरिएको हो। प्रतिमा निर्माणमा मात्रै १५ लाख रुपैयाँ खर्च भएको र माङहिममा ल्याएर स्थापित गर्न थप तीन लाख रुपैयाँ लागेको वडाध्यक्ष योङहाङले बताए।

स्थानीयस्तरमै पाइने विशेष प्रकारका ढुङ्गा काटेर माङहिम र अग्निकुण्डका संरचना निर्माण गरिएकाले काम सम्पन्न हुन लामो समय लागेको र यसले गर्दा लागत पनि बढेको छ।

आत्मा पवित्र गुराँसे माङहिम विगत नौ वर्षदेखि निर्माणाधीन अवस्थामा छ। विसं २०७३ सालमा साविकको भारपा गाविस हुँदा २५ हजार रुपैयाँको न्यून बजेटबाट यो माङहिम निर्माण सुरु भएको थियो।

माङहिम निर्माणका लागि स्थानीय काजीमान योङहाङका छोरा कविन्द्र योङहाङले चार रोपनी, राजकुमार योङहाङले चार रोपनी र श्रीप्रसाद योङहाङले आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए।

माङहिम निर्माणमा हालसम्म करिब एक करोड रुपैयाँ लगानी भइसकेको छ। कुल एक करोड ५० लाख रुपैयाँको लागतमा माङहिमका संरचना निर्माण गर्ने डीपीआर बनेकाले अझै धेरै रकम आवश्यक रहेको वडाध्यक्ष योङहाङले उल्लेख गरे।

उनका अनुसार माङहिमको भित्री संरचना, सिँढीमार्ग, घेराबारा तथा ढलानका कामहरू अझै बाँकी रहेका छन्।

माङहिम निर्माणाधीन क्षेत्र नजिकै लिम्बूवानका अन्तिम राजा हिलिहाङका फौज बस्ने गरेको ऐतिहासिक स्थान ‘पुलुथुम्की’ समेत रहेको छ। पुलुथुम्कीमा पनि आवश्यक पर्यटकीय संरचना निर्माण गरी समग्र क्षेत्रलाई नै पर्यटकीय हबका रूपमा विकास गर्ने लक्ष्य निर्माण समितिले राखेको छ।

माङहिम निर्माणका लागि आवश्यक अधिकांश रकम विभिन्न सङ्घसंस्था, दानवीर व्यक्तिहरू र विदेशमा रहेका तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दिएको दानबाट जुटाइएको हो।

यसमा हिलिहाङ गाउँपालिकाले समेत केही लगानी गर्दै आएको छ। अब वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देन तथा गुरुआमा पवित्रहाङ्मा लिङ्देनबाट प्रतिमा अनावरण र माङहिमको औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको छ।

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले गाउँपालिकाले माङहिमको विकासमा सक्दो लगानी गरिरहेको बताए। तर, प्रदेश र सङ्घीय सरकारबाट थप लगानी प्राप्त हुन नसक्दा सोचेअनुसारका संरचनाहरू द्रुत गतिमा निर्माण गर्न नसकिएको अध्यक्ष अधिकारीको भनाइ छ।

Tags: #पाँचथर
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    711 shares
    Share 284 Tweet 178
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    508 shares
    Share 203 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.