Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
in FEATURE BREAKING, समाचार
0
विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश
61
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी तथा तोडफोड घटनामा अभियुक्त रहेका ताजिम अन्सारी लामो समय सम्पर्कविहीन रहेपछि शुक्रबार आफैं जिल्ला अदालत मोरङमा उपस्थित भएका छन्।

अदालतले उनीविरुद्ध दर्ता भएको एक मुद्दामा थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई जिल्ला कारागार मोरङ पठाइएको छ।

जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले विराटनगरस्थित नापी कार्यालयमा भएको आगजनी तथा तोडफोडसम्बन्धी आपराधिक उपद्रव मुद्दामा अन्सारीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा भएको तोडफोडसम्बन्धी अर्को मुद्दामा भने अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ। तर धरौटी रकम हालसम्म दाखिला नभएकाले उनी कारागारमै रहने भएका छन्।

अन्सारी यसअघि सोही घटनामा पक्राउ परेपछि हाजिरजमानीमा रिहा भएका थिए।

त्यसपछि नियमित रूपमा अदालतमा उपस्थित नभएपछि उनी फरार प्रतिवादीका रूपमा सूचीकृत भएका थिए। पक्राउ पुर्जी जारी भए पनि उनी लामो समय प्रहरी र अदालतको सम्पर्कमा आएका थिएनन्।

२०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा विराटनगरमा विभिन्न सरकारी कार्यालय, सार्वजनिक संरचना तथा निजी प्रतिष्ठानमा आगजनी, तोडफोड र लुटपाट भएको थियो।

घटनापछि प्रहरीले अनुसन्धानका आधारमा अन्सारीसहित अन्य व्यक्तिविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरेको थियो।

अनुसन्धानका क्रममा पक्राउ परेका अन्सारी र अन्य केही अभियुक्त हाजिरजमानीमा छुटेका थिए। तर अदालतको आदेशअनुसार नियमित उपस्थित नहुँदा उनीहरूविरुद्धको कानुनी प्रक्रिया फरार प्रतिवादीका रूपमा अघि बढाइएको थियो।

शुक्रबार स्वयं अदालतमा उपस्थित भएपछि भएको थुनछेक बहसपछि अदालतले एउटा मुद्दामा थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको हो।

Tags: #विराटनगरकारागार चलानजेन–जी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र
समाचार

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

धरान : धरान उपमहानगरपालिका–२० स्थित सिरान सामुदायिक वन क्षेत्रबाट प्रहरीले एक सय २० किलोग्राम गाँजा बरामद गरेको छ। शुक्रबार साँझ...

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप
खेलकुद

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

इटहरी : कोशी प्रदेशमा महिला फुटबलका खेलाडी उत्पादन र प्रतिस्पर्धात्मक वातावरण विस्तार गर्ने उद्देश्यसहित इटहरीमा पहिलोपटक प्रदेशस्तरीय महिला गोल्डकप आयोजना...

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

असार १२, २०८३
गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

असार १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३
विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

असार १२, २०८३
महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

असार १२, २०८३
वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

असार १२, २०८३

लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    380 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.