धरान : धरान उपमहानगरपालिका–५ देउरालीबाट प्रहरीले पाँच ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।
लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रहरी टोली, अस्थायी प्रहरी पोस्ट जोरसखुवा र अस्थायी प्रहरी चौकी देउरालीबाट संयुक्त रूपमा खटिएको टोलीले छापा मारेको थियो।
प्रहरीले धरान–५ निवासी ३२ वर्षीय पर्वत दर्जी बस्दै आएको कोठामा खानतलासी गर्दा ब्राउनसुगर पाँच ग्राम पदार्थ बरामद गरेको जनाएको छ।
बरामद लागूऔषधसहित दर्जीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।





















Discussion about this post