मोरङ : तपाइँका घरमा भर्खरै जन्मेका शिशु र गर्भवती महिला छन् ? छन् भने उनीहरू दुवैलाई १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोप लगाउन भुल्नुहोला ।
स्थानीय सरकारले तोकेका निश्चित स्थानबाट टिवी (क्षयरोग), भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, होमोफिलस इन्फ्लुएन्जा टाइप ‘बी’, पोलियो, दादुरा, रुबेला, जापानी इन्सेफ्लाइटिस, निमोनिया, रोटा भाइरस, टाइफाइड र पाठेघरको मुखको क्यान्सरविरुद्धका खोप निः शुल्क उपलब्ध गराउँदै आएको छ ।
लक्षित उमेर समूहका सम्पूर्ण बालबालिकाले राष्ट्रिय तालिका अनुसार पाउनुपर्ने उक्त खोपहरू पाए नपाएको यकिन गर्ने काम स्थानीय सरकारको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशलाई पूर्णखोप सुनिश्चितता भए नभएको यकिन गरी कोशी प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणा गरे ।
स्थानीय क्षेत्रमा छुट भएका १५ महिना उमेर समूहका १४ जिल्लामा पर्ने स्थानीय निकायका तीन हजार ७१२ जनालाई पूर्ण खोप प्रदान गरी कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन् ।




















Discussion about this post