Tuesday, July 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

सुनसरी घटनाको असर विराटनगरसम्म, बजार क्षेत्र बन्द

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
in FEATURE BREAKING, समाचार
0
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती
54
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको देवानगञ्ज–३ कप्तानगन्जमा आइतबार राति भएको हिंसात्मक घटनाको प्रभाव छिमेकी जिल्ला मोरङमा पनि परेको छ।

घटनाको विरोधमा मंगलबार विराटनगर बजार बन्द हुनुका साथै मोरङ प्रशासनले अर्को सूचना नभएसम्म जिल्लाभर डिजे बाजा बजाउन नियन्त्रणात्मक व्यवस्था लागू गरेको छ।

हिन्दु सम्राट सेनाको आह्वानमा गरिएको बन्दका कारण विराटनगरका अधिकांश व्यापारिक प्रतिष्ठान, बजार र यातायात सेवा प्रभावित भए।

बिहान केहीबेर खुलेका पसलहरू पनि प्रदर्शनकारीले मोटरसाइकल र्‍यालीसहित बजार परिक्रमा गर्दै बन्द गराएका थिए। विभिन्न स्थानमा नारा–जुलुससमेत निकालिएको थियो।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै विराटनगर महानगरभित्रका निजी तथा सामुदायिक विद्यालयहरू पनि सञ्चालन हुन सकेनन्। सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रहरी कार्यालय मोरङले बजार तथा संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक शान्ति, सामाजिक सद्भाव र सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र हुने धार्मिक, सामाजिक तथा सार्वजनिक कार्यक्रममा डिजे बाजा बजाउन प्रशासनको पूर्वस्वीकृति अनिवार्य गरेको जनाएको छ।

प्रशासनले कुनै पनि कार्यक्रमले सामाजिक सद्भावमा असर नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ।

आइतबार राति देवानगञ्ज–३ कप्तानगन्जमा बोलबम यात्राका क्रममा डिजे बजाउने विषयबाट सुरु भएको विवाद दुई समुदायबीच हिंसात्मक झडपमा परिणत भएको थियो।

अवस्था नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा देवानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने नौ जना सर्वसाधारण गोली लागेर घाइते भएका थिए।

घटनापछि सुनसरीको दक्षिणी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो भने गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको छ।

कप्तानगन्ज घटनापछि सुरक्षा संवेदनशीलता बढ्दै गएसँगै प्रशासनले छिमेकी जिल्लाहरूमा समेत सतर्कता अपनाउन थालेको छ।

Tags: #विराटनगर#सुनसरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन
FEATURE BREAKING

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यू जारी, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा आवतजावत निषेध

by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
0

इटहरी : सुनसरी जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
भिजिट नेपाल

पूर्वी नाकाबाट दैनिक औसत २६ विदेशी पर्यटक नेपाल प्रवेश

by रासस
साउन १२, २०८३
0

झापा : नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्षमा ९ हजार ४ सय ४७ विदेशी पर्यटक नेपाल भित्रिएका...

झापामा नयाँ उद्योग दर्ता बढ्यो, राजस्व पनि दुई करोड नाघ्यो

साउन १२, २०८३
धनकुटामा ब्रेक फेल भएर दुर्घटनाग्रस्त ट्रकमा आगलागी, चालकले ज्यान जोगाउन सकेनन्

धनकुटामा ब्रेक फेल भएर दुर्घटनाग्रस्त ट्रकमा आगलागी, चालकले ज्यान जोगाउन सकेनन्

साउन १२, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा डिजे बजाउन निषेध

साउन १२, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा कर्फ्यू आदेश हटाइयो, निषेधाज्ञा भने कायमै

साउन १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यू जारी, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा आवतजावत निषेध

साउन १२, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरी घटनाको असर विराटनगरसम्म, बजार क्षेत्र बन्द

साउन १२, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पूर्वी नाकाबाट दैनिक औसत २६ विदेशी पर्यटक नेपाल प्रवेश

साउन १२, २०८३

झापामा नयाँ उद्योग दर्ता बढ्यो, राजस्व पनि दुई करोड नाघ्यो

साउन १२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.