इटहरीबाट ठूलो परिमाणको अबैध लागूऔषधसहीत एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा नं ६ स्थित हङकङ मार्केटको भित्र उत्तरपट्टी रहेको खाली ठाउँबाट ठूलो परिमाणको लागुऔषधसहित सुनसरीको हरिनगरा ६ बस्ने २५ बर्षका जीवराईल अन्सारीलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले बोकेको झोलामा नाइट्रोसन–१० लेखिएको अबैध लागूऔषध १६ सय ट्याब्लेट बरामद गरिएको छ ।
पक्राउ परेका उनलाई जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post