Saturday, October 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा १० हजार बालबालिकाको आँखा जाँच्दै रोटरी, समस्या देखिएकालाई उपचारको पहुँचमा पुर्‍याइने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २८, २०८३
in समाचार
0
इटहरीमा १० हजार बालबालिकाको आँखा जाँच्दै रोटरी, समस्या देखिएकालाई उपचारको पहुँचमा पुर्‍याइने
71
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विद्यालयमा पढिरहेका तर आँखामा समस्या भएको थाहा नपाएका बालबालिकाको पहिचान गर्न इटहरीमा वर्षभरि आँखा स्वास्थ्य अभियान सञ्चालन हुने भएको छ।

रोटरी क्लब अफ इटहरीले विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा इटहरीका विद्यालय तथा समुदायमा पुगेर १४ वर्षसम्मका बालबालिकाको आँखा परीक्षण गर्न लागेको हो। अभियानमार्फत कम्तीमा १० हजार बालबालिकाको आँखाको अवस्था परीक्षण गर्ने लक्ष्य राखिएको छ।

क्लबले वर्षभरिमा इटहरीका कम्तीमा २२ वटा विद्यालय तथा समुदायमा आँखा परीक्षण शिविर सञ्चालन गर्ने जनाएको छ। परीक्षणका क्रममा दृष्टिसम्बन्धी समस्या देखिएका बालबालिकालाई थप परीक्षण तथा उपचारको व्यवस्था मिलाइनेछ।

क्लबका अध्यक्ष चेतन धमलाका अनुसार कतिपय बालबालिकाले आफूलाई आँखाको समस्या भएको जानकारी नै नपाउने भएकाले विद्यालय र समुदायमै पुगेर परीक्षण गर्न लागिएको हो। समयमै समस्या पहिचान हुन नसक्दा सामान्य दृष्टि समस्या पनि पढाइ र दैनिक गतिविधिमा असर पार्ने गरी जटिल बन्न सक्ने उनको भनाइ छ।

अभियानअन्तर्गत भदौ ६ गतेदेखि प्रत्येक महिनाको पहिलो शनिबार इटहरी आँखा अस्पतालमा बालबालिकाका लागि निःशुल्क आँखा परीक्षणको व्यवस्था गरिनेछ। आवश्यकताअनुसार दृष्टि तथा ल्याब परीक्षण, औषधि र चस्माका साथै स्क्विन्ट तथा मोतियाबिन्दुलगायत समस्याको उपचारसमेत गरिने क्लबले जनाएको छ।

अभियानबाट परीक्षण गरिएका बालबालिकामध्ये उपचार आवश्यक पर्ने कम्तीमा एक सय जनालाई उपचार सेवा उपलब्ध गराउने लक्ष्य क्लबले लिएको छ।

खासगरी अभियानको उद्देश्य आँखा परीक्षणको संख्या बढाउनु मात्र नभई आँखाको समस्या भएर पनि उपचारको पहुँचमा पुग्न नसकेका बालबालिकालाई पहिचान गरी आवश्यक सेवासँग जोड्नु हो।

अस्पतालका व्यवस्थापक कुमार पृथुले १० हजार बालबालिकाको परीक्षण गर्ने लक्ष्यलाई संख्यात्मक अभियानका रूपमा नभई पहिचान भएका समस्या उपचारसम्म पुर्‍याउने प्रयासका रूपमा लिनुपर्ने बताए।

बालबालिकाको दृष्टिसम्बन्धी समस्याले उनीहरूको पढाइ, सिकाइ र दैनिक गतिविधिमा प्रत्यक्ष असर पार्ने भएकाले विद्यालय तहबाटै नियमित आँखा परीक्षणको अभ्यास विकास गर्नुपर्ने क्लबले जनाएको छ।

Tags: आँखारोटरीरोटरी क्लब
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान
विविध

मोरङ कारागारमा विपश्यना ध्यान

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

विराटनगर : कुनै समय संगठित अपराध, आर्थिक असुली र शोषणका कारण चर्चामा रहेको मोरङ कारागारमा अहिले सुधारको प्रयास थालिएको छ...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    830 shares
    Share 332 Tweet 208
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.