Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २८, २०८३
in टाकुरा विशेष, समाचार
0
‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो
91
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीको स्थानीय विषयवस्तु समेटिएको ‘इटहरीको सेरोफेरो’ नामक पुस्तकमा तथ्यहीन, असत्य र भ्रामक सामग्री राखिएको भन्दै पाँच जना स्थानीयले पुस्तकको पठनपाठन तत्काल रोक्न माग गरेका छन्।

कृष्णविनोद लम्साल, लेखनाथ घिमिरे, कृष्णप्रसाद अधिकारी, बद्रीप्रसाद पोख्रेल र लक्ष्मण निरौलाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पुस्तकमा इटहरीको इतिहास, शिक्षा, सञ्चार, साहित्य, व्यवसाय तथा सामाजिक क्षेत्रसँग सम्बन्धित विषयमा गम्भीर त्रुटि रहेको दाबी गरेका हुन्।

उनीहरूले इटहरी उपमहानगरपालिकाले कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक तयार गर्ने तयारी गरिरहेका बेला यसअघि विद्यालयमा पढाइँदै आएको ‘इटहरीको सेरोफेरो’ पुस्तकप्रति प्रश्न उठाएका हुन्।

विज्ञप्तिअनुसार पुस्तकमा इटहरीको सबैभन्दा पुरानो ‘सरस्वती सतन’ विद्यालयको नाम ‘सरस्वती सदन’ लेखिएको, धरान–धनकुटा–हिले सडक निर्माणको समय तथा इटहरी बसपार्कको स्तरोन्नतिसम्बन्धी तथ्य गलत उल्लेख गरिएको आरोप लगाइएको छ। त्यस्तै, इटहरीमा उच्च माध्यमिक विद्यालय स्थापना भएको समयसमेत गलत दिइएको उनीहरूको दाबी छ।

पुस्तकमा राजनीतिक दलको परिचय, प्रदेश ट्राफिक कार्यालयको नाम, इटहरीको यातायात तथा स्वास्थ्य सेवासम्बन्धी विषयमा समेत तथ्यगत त्रुटि रहेको विज्ञप्तिमा उल्लेख छ।

‘सिमानापारि भारतबाट उपचार गराउन इटहरी आउछन् भनिएको रहेछ । विराटनगर नाघेर उपचार गर्न आउनुपर्ने कुन अस्पताल हो ? पुस्तकमा राजनीतिक पार्टीहरूको परिचय दिइएको छ र २०८३ सालमा प्रकाशित भएको पुस्तकमा माओवादी केन्द्र इटहरीको सक्रिय राजनीतिक पार्टी भनिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश ट्राफिक कार्यालयलाई क्षेत्रीय ट्राफिक लेखिएको छ । इटहरीलाई चालक र सहचालक अर्थात् ड्राइभर र खलासी जमघट हुने चोक भनिएको छ । उल्लिखित विषय त केवल नमूना मात्र हुन्, यस्ता त्रुटि कति हो कति छन् ।’

‘पुस्तकमा भाषा र व्याकरणसमेत अशुद्ध’

पाठ्यपुस्तकमा मानक भाषा र व्याकरणको पालना हुनुपर्नेमा पुस्तकको कभरमै ‘सामाग्री’ जस्ता अशुद्ध शब्द प्रयोग गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

पुस्तकले इटहरीको इतिहासलाई तोडमोड गर्नुका साथै सञ्चार, साहित्य, शैक्षिक संस्था, व्यवसाय, सामाजिक संस्था र स्थानीय व्यक्तित्वको योगदानलाई समेत उचित रूपमा प्रस्तुत नगरेको विज्ञप्तिमा उल्लेख छ।

उनीहरूले महाकाव्यकार पीताम्बरभोला लम्साल, धरणीधर दाहाल र जीवी लुगुनलगायतका व्यक्तित्वको योगदानलाई समेत पुस्तकमा बेवास्ता गरिएको दाबी गरेका छन्।

उपमहानगरपालिकासँग पनि जवाफ माग

स्थानीय पाठ्यपुस्तकका नाममा गलत सन्देश जाने सामग्री विद्यालयमा पढाइँदा पनि इटहरी उपमहानगरपालिका र शिक्षा शाखाले चासो नदेखाएको भन्दै विज्ञप्तिमा प्रश्न उठाइएको छ।

उनीहरूले पुस्तक विद्यालयमा कसरी पुग्यो, विद्यालय र शिक्षकले सामग्री परीक्षण नगरी किन पठनपाठन गराए तथा उपमहानगरपालिकाले यसबारे किन अनुगमन गरेन भन्ने प्रश्नको जवाफ दिनुपर्ने बताएका छन्।

आगामी दिनमा इटहरीको इतिहास, संस्कृति र स्थानीय विषयवस्तु समेटिने पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गर्दा स्थानीय विषयमा जानकार तथा सम्बन्धित विषयविज्ञको परामर्श लिनुपर्ने उनीहरूको सुझाव छ।

विज्ञप्तिअनुसार विवादित पुस्तकको पठनपाठन अविलम्ब बन्द गरी पुस्तक तयार तथा प्रयोगमा संलग्न जिम्मेवार पक्षमाथि छानबिन र कारबाही गर्न माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘इटहरी उपमहानगरपालिकाबाटै लागु गरिएको पुस्तक भन्ने भ्रम सिर्जना गरी विद्यालयहरूमा यस्तो पुस्तक पढाइ रहँदा पनि इटहरी उपमहानगरपालिकाको नेतृत्व वर्ग र शिक्षा शाखा देखेको नदेख्यै गरेर किन बस्यो ? यस प्रश्नको जवाफ पनि इटहरी उपमहानगरपालिकाले दिन जरुरी छ । आगामी दिनमा यसप्रकार इटहरीको अस्तित्व र विविध पक्षको सरोकार रहने पाठ्क्रम तयार गर्दा इटहरीको माटासँग भिजेका र साक्षात्कार गरेका विज्ञहरू परामर्श लिन एवम् सम्बद्ध विषयविज्ञबाट तयार गर्न सुझाव समेत दिन चाहन्छौँ ।’

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की
समाचार

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका (तीज) पर्वले सांस्कृतिक परम्पराको संरक्षणसँगै महिला अधिकार, समानता र सशक्तीकरणको अभियानलाई...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
समाचार

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३
यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

भदौ २९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    827 shares
    Share 331 Tweet 207
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    740 shares
    Share 296 Tweet 185
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    296 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.