Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कोशीको निगुरो काठमाडौँसम्म

रासस by रासस
भदौ १, २०८३
in विविध, समाचार
0
कोशीको निगुरो काठमाडौँसम्म
63
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : कोशी गाउँपालिका–८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि निगुरो बिक्री गर्दै आएकी छिन् । जङ्गलबाट निगुरो खोजेर ल्याई बिक्री गर्दा लगानी आवश्यक नपर्ने भएकाले राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ ।

थोरै समय खर्च गरेर राम्रै आम्दानी गर्न सकिन्छ । दैनिक हामी श्रीमान् श्रीमती कोशीटप्पु गएर निगुरो खोजेर ल्याउँछौँ । “यहाँबाट व्यापारीले खरिद गरेर काठमाडौँ पठाउँछन्”, उनले भनिन् ।

उनले दैनिक रु दुई हजारदेखि रु तीन हजार बढीको निगुरो बिक्री गर्दै आएको जानकारी दिइन्। “व्यापार हो, कहिले कम हुन्छ, कहिले बढी पनि हुन्छ । बिहान ३ः०० बजे उठेर निगुरो खोज्न कोशीटप्पु जान्छौँ । छ–सात घण्टामा यहाँ आइपुग्छौँ । यहाँ ल्याएर मुठा पार्ने, केलाउने र व्यापारीलाई बिक्री गर्ने गर्छौँ”, उनले सुनाइन् ।

निगुरो प्रतिमुठा रु १० थोकमा बिक्री हुने गरेको छ । यसबाट बालबालिकाको खाजा र घरखर्च चलाउन सहयोग पुग्ने गरेको उनको भनाइ छ । सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीमा सङ्कलन गरी ल्याइएको निगुरो काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारसम्म पुग्ने गरेको छ ।

अर्का स्थानीय आशादेवीले पनि विगत १५ वर्षदेखि कोशीटप्पु क्षेत्रबाट निगुरो खोजेर ल्याई बिक्री गर्दै आएकी छिन् । उनले दैनिक रु एक हजारदेखि रु दुई हजारसम्मको निगुरो बिक्री गर्ने गरेको बताइन् ।

“बिहान सबेरै उठेर कोशीटप्पु क्षेत्रमा निगुरो खोज्न जान्छु र त्यहाँबाट ल्याएर यहाँ बिक्री गर्छु । बजार धाउनु पर्दैन, यहीँबाट व्यापारीले सबै खरिद गरेर लैजान्छन्”, उनले भनिन, “एकमुस्ट पैसा पाइने भएकाले गर्मीमा बिक्रीका लागि धेरै दुःख पनि गर्नु पर्दैन ।” खुसी हुँदै उनले भनिन्, “निगुरोको सिजनमा वर्षमा करिब ५–६ महिना व्यापार हुने र निगुरो बिक्री गरेर घरखर्च टार्न सहयोग पुगेको छ ।”

स्थानीय व्यापारी भरतप्रसाद गुप्ताका अनुसार स्थानीयले सङ्कलन गरेर ल्याएको निगुरो जम्मा गरी दैनिक काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा पठाउने गरिएको छ ।

कोशीटप्पु क्षेत्र तथा भारतबाट सङ्कलन गरेर ल्याएको निगुरो जम्मा गरी भन्टाबारीबाट महिनामा रु १२ लाखभन्दा बढीको निगुरो काठमाडौँको कालीमाटी बजार पठाउने गरिएको उनले बताए ।

अर्का व्यापारी रामबहादुर गुप्ताले यहाँ विगत चार–पाँच वर्षदेखि निगुरोको खरिदबिक्री गर्दै आएका छन् ।

दैनिक स्थानीयले सङ्कलन गरेर ल्याएको निगुरो खरिद गरी काठमाडौँ पठाउने गरेका छौँ । यहाँ रु १० मा खरिद गरेको निगुरो काठमाडौँमा रु १८ देखि रु २० सम्ममा बिक्री हुन्छ । “गाडी भाडालगायत खर्च कटाउँदा हामीलाई केही नाफा हुन्छ”, उनले भने ।

स्थानीयले सङ्कलन गरेको निगुरो सडकमा बसेर बिक्री गर्नुपर्ने अवस्था नरहेको र व्यापारीले एकमुस्ट खरिद गरिदिने भएकाले सहज भएको व्यापारी गुप्ताले बताए ।

भन्टाबारी बजार क्षेत्रमा दैनिक हाटबजार लाग्ने गरे पनि निगुरोको मौसममा सडकको एक छेउमा छुट्टै निगुरोको व्यापार हुने गरेको छ ।

वर्षमा करिब ६ महिना सञ्चालन हुने उक्त स्थानलाई ‘निगुरो हाट’ वा निगुरो व्यापार गर्ने स्थानका रूपमा समेत चिनिने गरिएको स्थानीयको भनाइ छ ।

Tags: #कोशीटप्पुनिगुरो
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की
समाचार

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका (तीज) पर्वले सांस्कृतिक परम्पराको संरक्षणसँगै महिला अधिकार, समानता र सशक्तीकरणको अभियानलाई...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
समाचार

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३
यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

भदौ २९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    816 shares
    Share 326 Tweet 204
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    737 shares
    Share 295 Tweet 184
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    296 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.