Tuesday, August 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

पर्यटकको आवागमन बढ्यो, काँकडभिट्टामा बसाइँ लम्ब्याउने पूर्वाधार छैन

रासस by रासस
भदौ ८, २०८३
in भिजिट नेपाल, विविध, समाचार
0
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
54
SHARES
Share on FacebookShare on Twitter

झापा : स्थलमार्ग हुँदै पूर्वी नाका काँकडभिट्टा भएर पर्यटक भित्रिने क्रम बढे पनि उनीहरूको बसाइँ लम्ब्याउन आवश्यक पर्यटन पूर्वाधार र सेवा विस्तार हुन नसकेको होटल व्यवसायीहरूले बताएका छन् ।

होटल व्यवसायी महासङ्घ नेपालले मेचीनगरमा आइतबार आयोजना गरेको पर्यटन तथा होटल व्यवसायसम्बन्धी अन्तरक्रियामा व्यवसायीहरूले पर्यटकको आगमनअनुसार पूर्वाधार विकास हुन नसकेको, व्यवसाय सञ्चालनमा प्रशासनिक तथा आर्थिक समस्या रहेको र पर्यटन क्षेत्रका सरोकारवाला निकायबिच पर्याप्त समन्वय हुन नसकेको गुनासो गरेका हुन् ।

होटल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठले काँकडभिट्टा भएर आउने पर्यटकलाई अन्य गन्तव्यतर्फ जाने यात्रुमा सीमित नराखी स्थानीय पर्यटनसँग जोड्नुपर्ने बताए ।

उनले व्यवसायीका समस्या स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकारसम्म पुर्‍याउन आवश्यक रहेको बताउँदै भने, “पर्यटनको सम्भावना भएका क्षेत्रमा व्यवसायीले भोगेका समस्या पहिचान गरेर समाधानका लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाउनु आवश्यक छ ।”

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले काँकडभिट्टालाई पर्यटकमैत्री बनाउन पूर्वाधार तथा सेवा सुविधा विस्तार गर्नुपर्ने बताइन् ।

“पर्यटकलाई आकर्षित गर्न होटल व्यवसाय सहज, सुरक्षित र सुविधा सम्पन्न हुनुपर्छ,” उनले भनिन्,“यसका लागि स्थानीय सरकार, निजी क्षेत्र र सम्बन्धित निकायबिच सहकार्य आवश्यक छ ।”

पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले कोशी प्रदेशका धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका सम्भावनालाई होटल तथा आतिथ्य व्यवसायसँग जोड्न सके स्थानीय अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने बताए ।

उनले पर्यटकीय गन्तव्यको विकाससँगै होटल तथा आतिथ्य क्षेत्रलाई व्यवस्थित रूपमा अघि बढाएर पर्यटकको बसाइँ लम्ब्याउन सकिने धारणा राखे ।

कार्यक्रम संयोजनकर्ता होटल व्यवसायी सङ्घ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले पर्यटकलाई काँकडभिट्टा प्रवेश पश्चात् केही समय रोक्ने वातावरण बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

Tags: #झापा#भिजिट नेपालपर्यटक
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। इटहरी–११ बाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र...

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप
खेलकुद

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग एउटै मैदानमा खेल्ने अवसर दिने उद्देश्यले इटहरी मेयर कप क्रिकेट प्रतियोगिताको स्वरूप...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

हात्तीको जैविक मार्गभन्दा बस्ती संरक्षण प्राथमिकतामा राख्न माग

भदौ ९, २०८३
तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.