Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
in समाचार
0
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सांकेतिक तस्वीर : गुगल ।

93
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

झापाको भद्रपुर नगरपालिका–२ चारआली चोकमा सिटी सफारीले ठक्कर दिँदा पैदलयात्री ६४ वर्षीय पूर्णबहादुर पराजुलीको मृत्यु भएको छ । धिमाल धुराबाट चारआलीतर्फ आउँदै गरेको प्र. १०–०१–००२ ह ८४६८ नम्बरको सिटीले पैदल हिँडिरहेका पराजुलीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते पराजुलीलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएकोमा राति ९ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले सिटी र चालक भद्रपुर–३ का ४२ वर्षीय रमेश माझीलाई नियन्त्रणमा लिएको छ।

चालक उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ । सिटीको कागजपत्र नरहेको र चालकले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक विवरण छ ।

यस्तै, मोरङको बेलबारी नगरपालिका–९ को भित्री पक्की सडकमा स्कुटरको ठक्करबाट करिब ७५ वर्षीया बेग्रि राजवंशीको मृत्यु भएको छ ।

लक्ष्मीमार्गबाट डाँगाबजारतर्फ जाँदै गरेको प्र.१–०२–०५३ प ६६५१ नम्बरको १२५ सीसीको स्कुटरले बाटो काट्दै गरेकी राजवंशीलाई ठक्कर दिएको थियो । घाइते राजवंशीलाई गोल्डेन अस्पताल विराटनगर पुर्‍याइएकोमा चिकित्सकले साँझ ७ः५४ बजे मृत घोषणा गरेका थि ए।

दुर्घटनामा स्कुटर चालक बेलबारी–८ का १७ वर्षीय अदित खवास र स्कुटरमा सवार १८ वर्षीय रुमन खवाससमेत घाइते भएका छन् । दुवैको विराटनगरमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाको प्रारम्भिक कारण तीव्र गति रहेको जनाएको छ ।

त्यस्तै, सुनसरीको कोशी गाउँपालिका–४ धर्मकाँटस्थित महेन्द्र राजमार्गमा बसबाट खसेर सहचालकको मृत्यु भएको छ ।

विराटनगरबाट नारायणगढतर्फ जाँदै गरेको प्र.०१–०२–००२ ख १२५५ नम्बरको बसको ढोकाबाट अचानक खस्दा करिब २३ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए । उनलाई जिल्ला अस्पताल इनरुवा लगिएकोमा बिहान ८ः१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रारम्भमा पहिचान खुल्न नसकेका मृतकको पछि विराटनगर महानगरपालिका–१२ का २३ वर्षीय ईश्वर श्रेष्ठ रहेको खुलेको प्रहरीले जनाएको छ । उनका काका बुद्धि श्रेष्ठले शवको सनाखत गरेका हुन् ।

प्रहरीका अनुसार बसको ढोका खुला राखेर यात्रा गराउँदा सहचालक बसबाट खसेका थिए । बस र चालक रौतहट चन्द्रपुर नगरपालिका–६ का ३७ वर्षीय गणेशबहादुर खपाङ्गी मगर प्रहरी नियन्त्रणमा छन् ।

तीन वटै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: दुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
FEATURE BREAKING

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
समाचार

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    636 shares
    Share 254 Tweet 159
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    318 shares
    Share 127 Tweet 80
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.