इटहरी : विश्व आदर्श एकेडेमीअन्तर्गतको साहित्य संस्था ‘विश्व आदर्श साहित्य संघ’का पूर्व अध्यक्ष तथा नेपाल ल क्याम्पसमा बीए एलएलबी अध्ययनरत युवा कवि सौगात थापाद्वारा रचित कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण गरिएको छ ।
विश्व आदर्श साहित्य संघ र विद्यार्थी गुणस्तर वृत्तको आयोजनामा इटहरीमा भएको कार्यक्रममा कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण गरिएको हो । कार्यक्रममा साहित्यप्रेमी, विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कवि बद्री भिखारीले ‘मृगतृष्णा’ कविता संग्रहमा केही शुद्धाशुद्धी तथा प्राविधिक पक्षमा सुधार गर्नुपर्ने देखिए पनि थापाको उमेर र साहित्यिक यात्रालाई हेर्दा उनी सम्भावना बोकेका अब्बल युवा कवि रहेको बताए ।
उनले युवा सर्जकलाई सुरुमै सीमितता र अवरोधले छेक्न नहुने धारणा राख्दै भने, “मान्छेलाई हिँड्न दिनुपर्छ, हिँड्ने ढोका खोल्नुपर्छ, छेक्नु हुँदैन । हिँड्दै जाँदा ठेस लाग्छ, फेरि सच्चिने मौका पनि पाइन्छ ।”
कवि भिखारीले सौगातको साहित्यिक यात्रालाई निरन्तर सिर्जनातर्फ अघि बढ्न प्रेरित गर्दै कविता मार्फत शुभकामना समेत व्यक्त गरे।
उनले सम्बोधन गर्दै भने, “लेख्दै बग, बग्दै लेख, प्रिय सौगात । अझै बग तिमी खोला हुनु र बग्नु, तिमी खोला हुनु र बग्नु, तिमी नदी हुनु र बग्नु, अनि तिमी कविता हुनु ।”
कार्यक्रममा सहभागी वक्ताहरूले युवा पुस्तामा साहित्यप्रतिको रुचि र सिर्जनशीलता बढाउन यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।





![हामी नवौँ वर्षमा [प्रकाशकीय]](http://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-120x86.png)










Discussion about this post