Sunday, April 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जनता माविको कक्षा ११ मा विद्यार्थीको आकर्षण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १८, २०७७
in समाचार
0
जनता माविको कक्षा ११ मा विद्यार्थीको आकर्षण
371
SHARES
Share on FacebookShare on Twitter

विद्यार्थीको बढी चापका कारण कक्षा ५ देखि ९ सम्म प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्न थालेको इटहरीस्थित जनता माविको कक्षा ११ मा पनि विद्यार्थीको आकर्षण देखिएको छ ।

अंग्रेजी माध्यमबाट अध्यापन सुरु गरेको जनता माध्यमिक विद्यालयले विद्यालय भर्ना गर्दा प्रवेश परीक्षा लिने गरेकोछ । यो वर्ष भने कोभिड १९ का कारण प्रवेश परिक्षा हुन नसक्दा आवेदन दिने सबै विद्यार्थीको भर्ना लिइएको छ ।

केही वर्षअघिसम्म पनि सामान्य सरकारी विद्यालयको रुपमा हेपिएको अवस्थामा रहेको जनता विद्यालयको कक्षा ११ र १२ मा पनि विद्यार्थीको आकर्षण बढ्दो छ ।

‘कक्षा ११ मा राम्रा स्कुलका राम्रा विद्यार्थीहरुसमेत भर्नाको लागि आइरहेका छन्,’ विद्यालयका प्राचार्य छत्रपती ढुंगेलले भने, ‘हामीले यो पटकदेखि विद्यालयको अध्ययन वातावरण अझ राम्रो र स्तरीय बनाएर लगेका छौं ।’ उनका अनुसार गतवर्ष कक्षा ११ मा ३५० जना विद्यार्थी भर्ना गरिएको थियो ।

विद्यालयसँग अहिले स्तरीय कम्प्युटर ल्याब छ । अंग्रेजी माध्यममा आइडी, प्रोजेक्टर र ल्यापटपबाट कक्षा सञ्चालन भइरहेको छ । ‘नेपाली माध्यमलाई पनि नमुना विद्यालय बनाउनकालागि सेवा सुविधा थप गर्दै लगेका छौं,’ उनले भने । उनकाअनुसार अर्को वर्षबाट विज्ञान संकाय सुरु गर्ने तयारी छ । सोको लागि आवश्यक पूर्वाधार सरकारको नमुना विद्यालय अभियानअन्तर्गत निर्माण हुनेछ ।

विद्यालयको पढाइ र व्यवस्थापनबाट अविभावकहरु र विद्यार्थीहरु पनि खुसी छन् । निजी विद्यालयमा राम्रो नतिजा ल्याएर पास भइरहेका विद्यार्थीहरु पनि जनतामा भर्ना भएका छन् । सामुदायिक विद्यालयको प्रमाणपत्रको मान्यता राम्रो हुने अनि जनता स्कुलको शिक्षा निजीको भन्दा फरक नभएकोले अझ शुल्क सस्तो रहेकोले जनता स्कुल छानेको उनीहरुको भनाई छ ।

अविभावकहरुको सन्तुष्टि, विद्यालयको व्यवस्थापकीय क्षमता र व्यवस्थापन समितिको दूरगामी महत्वको योजनाका कारण जनता विद्यालयलाई नमुना विद्यालय बनाउने भनेर नेपाल सरकारले आर्थिक सहयोग गरिरहेको छ । सोअनुसार अत्याधुनिक भवन र अन्य पूर्वाधार निर्माण हुनेछन् । ‘तीन सय विद्यार्थी अट्ने गरी अत्याधुनिक विद्यालय भवन बनिरहेको छ,’ भवन निर्माण समितिका अध्यक्ष दीपक ढकालले भने, ‘लोभलाग्दो नमुना स्कुल केही वर्षमै बनाएर छाड्छौं ।’ उनका अनुसार बहुवर्षिय बजेटबाट निर्माण हुने भवन बनिरहेको छ ।

पाँच वर्षमा प्रदेशकै नमुना विद्यालय बनाउने अभियानका साथ आफूहरु लागिपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल बताउँछन् । ‘कक्षा ११ र १२ मा पनि प्रविधिमैत्री कक्षा कोठाहरुको व्यवस्था गरेर पढाइरहेका छौं,’ उनी भन्छन्, ‘ए ग्रेड ल्याएका विद्यार्थीलाई भर्ना तथा शुल्कमा भारी छुट दिने व्यवस्था छ भने नजान्ने विद्यार्थीलाई पनि जान्ने बनाउने गरी उनीहरुको व्यक्ति विशेषको क्षमता उजागर गर्ने गरी पढाइरहेका छौं ।’

उनकाअनुसार एसइइमा राम्रो नतिजा ल्याएकाहरुलाई जनता स्कुलमा विशेष छुट र सुविधा दिइएको छ । गरीब र जेहेन्दारलाई पनि छात्रवृत्तीको व्यवस्था गरिएको छ । राम्रो सिकाइ वातावरणका लागि घोकाएर भन्दा पनि बुझाएर सिकाइने गरिन्छ । बसको सुविधा र डिजिटल बोर्डसहितको स्मार्ट कक्षा कोठाको व्यवस्थालाई विद्यालयले विशेष जोड दिएको छ । अंग्रेजी माध्यमबाट पढाइ हुने कक्षाहरुमा सोको व्यवस्था गरिसकेको छ भने नेपाली माध्यमका कक्षाहरुमा समेत यसै शैक्षिक सत्रदेखि व्यवस्था गर्दैछ ।

‘हामीले विद्यार्थीलाई कसरी सिर्जनसिल बनाउने विषयमा केहि योजना बनाएर पठनपाठन सुरु गरेका छौँ,’ उनले भने, ‘सरकारी क्याम्पसमा पनि राम्रो पढाइ हुन्छ भन्ने मान्यता स्थापित गर्न हामी लागिपरेका छौं ।’

विद्यालय व्यवस्थापन समिति सदस्य शिव दाहालकाअनुसार निम्न आर्थिक अवस्थाका विद्यार्थीहरु पढ्ने हुँदा यो सरकारी विद्यालयको सुधार अनिवार्य छ । ‘त्यसैले नयाँ व्यवस्थापन समिति बनेपछि झण्डै तीन वर्षयता विद्यालयको शैक्षिक तथा पूर्वाधारको क्षेत्रमा विशेष ध्यान दिइएको छ । विद्यालयले आफ्नो शैक्षिक गुणस्तर निजी विद्यालयहरुको भन्दा राम्रो दावी गरेको छ । दाहालका अनुसार विद्यालयका शिक्षक सबै स्नातकोत्तर पास गरेका छन् ।

यस्तै इटहरीको मुख्य चोकमै रहेको भवनमा कक्षा ११ र १२ को पढाइ हुने गरेको छ । ‘इटहरी चोकमै शान्त वातावरणमा कक्षा ११ र १२ पढाइ हुने यो एउटै मात्र विद्यालय हो,’ उनले भने, ‘त्यसैले विद्यार्थीहरुको पहुँच सहज बनेको छ ।’

विद्यालयका शिक्षक शिक्षिकादेखि लिएर सबै जना अहिले निजि विद्यालयकोभन्दा सरकारी विद्यालयमा राम्रो तथा गुणस्तरीय शिक्षा दिनु पर्छ भनेर लागि परेका छन् । गुणस्तरमा निजीभन्दा राम्रो शिक्षा दिने उद्धेश्यले जनता स्कुल लागिपरेको विद्यालयका सहायक प्रिन्सिपल पशुपती सिग्देलले जानकारी दिए ।

व्यवस्थापन समिति सदस्य विमला ढकालका अनुसार जनता स्कुल शिक्षामा बन्चित हुनु नपरोस् भन्ने व्यक्तिहरुको आवाज बोकेको विद्यालय हो । विद्यार्थी संख्या बढी भएपनि सबैले पढ्न पाउने गरी विद्यालय भवन तयार हुँदैछ । ‘गरिबिको रेखामुनि रहेका अभिभावकहरुका छोराछोरी पनि गुणस्तरीय शिक्षाबाट बन्चित नहुन् भन्ने उद्देश्यले हामीले यो निर्माण गर्न लागिरहेका छौँ,’ उनले भनिन्, ‘स्तरीय शिक्षाको लागि शिक्षक पनि त्यही लेबलको, राजनीतिक आधार नबनाइ प्रक्रियाबाट नियुक्त गरेकोले यो विद्यालय इटहरीको मात्र नभएर प्रदेशकै नमुना स्तरीय विद्यालय बन्ने तरखरमा छ ।’

 

Tags: #itahari #इटहरीशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि
FEATURE BREAKING

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : विराटनगरमा धर्म प्रचारमा संलग्न रहेको आरोपमा ६ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित...

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’
कला साहित्य

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : नेपाली साहित्य र सिर्जनशील क्षेत्रका दुई सक्रिय व्यक्तित्वलाई विराटनगरमा सम्मानित गरिएको छ । बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना...

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1271 shares
    Share 508 Tweet 318
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    465 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.