विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्।
गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष लिखित राजीनामा बुझाएका थिए। प्रदेश प्रमुखको कार्यालयका अनुसार उनको राजीनामा कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत भएको छ।
प्रदेश प्रमुखको कार्यालयका उपसचिव अभयकुमार गुप्ताद्वारा जारी विज्ञप्तिमा प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (९) को खण्ड (क) बमोजिम राजीनामा स्वीकृत गरिएको उल्लेख छ।
गुरागाईँमाथि आयोगका प्रक्रियामा एकलौटी गरेको, स्वतन्त्र विषय विज्ञको भूमिका आफैँ निर्वाह गरेको तथा अदालतको आदेशविपरीत बढुवा सिफारिस गरेको आरोप लाग्दै आएको थियो।
परीक्षा प्रणालीअन्तर्गत प्रश्नपत्र निर्माण, परिमार्जन, उत्तरपुस्तिका जाँच, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्तामा समेत एकाधिकार गरेको आरोप सार्वजनिक भएपछि उनको नैतिक आचरणमाथि प्रश्न उठेको थियो। सञ्चारपाटी डटकमले यस विषयमा समाचार तथा भिडियो सामग्री सार्वजनिक गरेपछि उनको राजीनामाको माग बढेको थियो।
















Discussion about this post