धरान : सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। गाँजा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले सोमबार बिहान दुई राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीलाई देखेपछि गाँजा छाडेर भाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा, ओसारपसारमा प्रयोग गरिएका दुईवटा जिप र पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका जिपसमेत बरामद गरेको छ।
















Discussion about this post