बैंकिङ कसुरको मुद्दामा फरार एक जनालाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ६ का ४२ वर्षीय सरोज बुढाथोकी रहेका छन् ।
उनलाई उच्च अदालत विरानटगरले बैकिङ कसुर गरेर ठगेकोमा २० लाख रुपैयाँ जरिबाना तोके पछि फरार रहेका थिए । उनले विभिन्न व्यक्तिहरूको रकम ठगी गरेको आरोप लागेको थियो । उनीविरुद्ध इटहरी–८ का रामकुमारी थरुनीले जाहेरी दिएकी थिइन् ।
इटहरी ६ पश्चिम बसस्टेण्डमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले असोज २४ गते पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post