लागूऔषध सहित सुनसरीबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह ३ का ४० बर्षीय चन्द्र नारायण शाह रहेका छन् ।
उनलाई आज जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले नरसिंह ३ शिवगंज चौकबाट नियन्त्रणमा लिएको थियो ।
शाहले बोकेको प्लाष्टिकको झोला चेकजाँच गर्दा लुकाएको अवस्थामा डाइलेक्स डिसि १०० एमएलको ३० बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post