प्रदेश १ मा आज थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
मृत्यु हुनेमा सबैभन्दा धेरै सुनसरीमा रहेका छन् ।
कोरोनाका कारण सुनसरीमा ५, मोरङ र ते¥हथुममा २–२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो सँगै हालसम्म संक्रमणबाट १२२ जनाको मृत्यु भएको छ ।














Discussion about this post