सुनसरीको दुहबी २ बस्ने ४५ बर्षीय शिव नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
आज विहान ११ बजे खनारमा घरको ईटा जोड्ने क्रममा नजिकै रहेको बिजुली तार सर्ट भई करेन्ट लाग्दा चौधरी बेहोस भएका थिए ।
बेहोस भएका चौधरीको बिराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मृतक चौधरी घर बनाउने मिस्त्री रहेको खुल्न आएको छ ।












Discussion about this post