इटहरीमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
गएराती ईलाका प्रहरी कार्यालय इटहरीले पार्किङ गरेर राखेको मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गरेको हो ।
इटहरी ६ स्थित रिजाल्स भिजन पार्टी प्यालेस अगाडि पार्किङ गरेर राखेको दयाराम भट्टराईको नाममा दर्ता रहेको को २४ प ७५९६ नं को सुपर स्पेलेन्डर मोटरसाईकल चोरी गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय ईटहरीवाट खटिएको टोलीले सुनसरी देवानगंज गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २१ को मनोज मेहता र सोही ठाउँ बस्ने बर्ष २० को रमेश मेहतालाई रंगेहात पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।














Discussion about this post