तरहरा । इटहरी २ मा रहेको होराइजन एकेडमीले आफ्नो १० औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
वि.सं. २०६६ मा स्थापना भएको विद्यालयले समय सापेक्ष अनुसार अभिभावकको मन जितेर एक दशक बिताएको र शिक्षाको गुणस्तरमा अगामी दिनमा सुधार गर्दै लैजाने विद्यालयका प्रिन्सिपल जीवन अधिकारीले बताए । कार्यक्रममा विद्यालय स्थापना कालदेखि अनवरत रुपमा अध्यापन गराउदै आएका शिक्षक खगेश दाहाल र शिक्षिका मुन्ना गुरागार्इँलाई सम्मान समेत गरिएको थियो ।
विद्यालयका विद्यार्थीहरुले नेपाली कला संस्कृतिको झल्को दिने गीतमा नृत्य ,कथा ,कविता र प्रस्तुत गरेका थिए। कार्यक्रम विद्यालयका अध्यक्ष दामोदर गौतमको सभाध्यतामा सप्पन्न भएको थियो भने इटहरी २ का वडाध्यक्ष हर्क मगर, प्याब्सन सुनसरी उपाध्यक्ष नेल्शन ढकाल, नगर प्याब्सन इटहरी अध्यक्ष सुबर्ण बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।
सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या
इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ महरम चौकमा सोमबार बिहान २ः३० बजेतिर सालीमाथि गोली प्रहार गर्दा घटनास्थलमै ज्यान गएको छ। मृत्यु...
Discussion about this post