तरहरा । इटहरी २ मा रहेको होराइजन एकेडमीले आफ्नो १० औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
वि.सं. २०६६ मा स्थापना भएको विद्यालयले समय सापेक्ष अनुसार अभिभावकको मन जितेर एक दशक बिताएको र शिक्षाको गुणस्तरमा अगामी दिनमा सुधार गर्दै लैजाने विद्यालयका प्रिन्सिपल जीवन अधिकारीले बताए । कार्यक्रममा विद्यालय स्थापना कालदेखि अनवरत रुपमा अध्यापन गराउदै आएका शिक्षक खगेश दाहाल र शिक्षिका मुन्ना गुरागार्इँलाई सम्मान समेत गरिएको थियो ।
विद्यालयका विद्यार्थीहरुले नेपाली कला संस्कृतिको झल्को दिने गीतमा नृत्य ,कथा ,कविता र प्रस्तुत गरेका थिए। कार्यक्रम विद्यालयका अध्यक्ष दामोदर गौतमको सभाध्यतामा सप्पन्न भएको थियो भने इटहरी २ का वडाध्यक्ष हर्क मगर, प्याब्सन सुनसरी उपाध्यक्ष नेल्शन ढकाल, नगर प्याब्सन इटहरी अध्यक्ष सुबर्ण बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा
इटहरी : कुनै समय मैदानमा विपक्षी खेलाडीलाई छकाउँदै बल अघि बढाउने इटहरी २ का आशिष राई अहिले आफ्नै खुट्टामा उभिनका...











Discussion about this post