नेपालमा कोरोना भाइरस संक्रमणको ग्राफ उच्च रहेका बेला आयुर्वेद व्यवसायीहरु यसको बिरुद्धमा सक्रिय रहेको प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले बताएकी छिन् ।
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेश १ ले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले कोरोना बिरुद्धको अभियानमा आयुर्वेद व्यवसायी सक्रिय रहेको बताएकी हुन् ।
‘आयुर्वेद व्यवसायीहरुले संक्रमितलाई परामर्श दिने, निःशुल्क आयुर्वेद औषधि दिने गरेको काम सकारात्मक रहेको छ,’ पोखरेलले भनिन्, ‘अहिले मुलुक आतंकित बनेको र यो महामारीलाई परास्त गर्न सकियोस् शुभकामना छ ।’
उनले घरमै बसेर चाडपर्व मनाउन समेत अपिल गरिन् ।
अहिले मनोवैज्ञानिक रुपमा गम्भीर असर परेका कारणले समस्या रहेकाले यसलाई चिर्नका लागि आयुर्वेद व्यवसायीहरुले काम गर्नुपर्ने उनले बताईन् ।

कार्यक्रममा नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेश १ का अध्यक्ष जगत बहादुर भट्टराईले आयुर्वेद व्यवसायमा खुद्रा र थोक ब्यवसायमा समस्या भईरहेको बताए ।
आयुर्वेद व्यवसायीहरुले खुलेर थोक व्यवसाय सञ्चालन गर्न नसकिरहेको अवस्था रहेको बताउँदै उनले व्यवसायीहरु मर्यादित रहन आवश्यक रहेको बताए ।














Discussion about this post